रामजी प्रजापति,नवलपरासी /माघ ११ नवलपरासीको रामग्राम ४ जितपुरमा ५६ मिटर लम्बाईको र १२ फिट नाला सहित नया बाटो आर. सि. सि ढलान भैरहेको हुदा चित्त न बुझ्दो ढलान भैरहेको हुदा स्थानीयद्वारा बिरोध गरिएको छ । ईन्जिनियरले भनेको अनुसार ओ.पि.सि सिमेन्टको प्रयोग गर्नु भनेतापनि उपभोक्ता समितिले अमान्य गरेका छन ।
रामग्राम नगरपालिकाले ४ लाख बजेट छुट्याइ रामग्राम ४ जितपुरलाई दिएको छ । उक्त बाटोको ठेकेदार नारायण लामिछानेले ५६ मिटर लम्बाई र १२ फिट चौडाई थियो तर काम गर्दै जादा ५ मिटर लम्बाई बढेको छ र त्यस निर्माणकार्यको लागि ओ.पि.सि सिमेन्ट प्रयोग गर्ने भने तापनि उपभोक्ता समितिले मनमानि गरेर पि.पि.सि र ओ.पि.सि सिमेन्ट प्रयोग गरेर उक्त बाटो निर्माणकार्य गरिरहेको लामिछानेले जान्कारि दिनुभयको छ ।
जितपुरका उपभोक्ता समितिले जोर जबरजस्ती गरेर निर्माणकार्य गरेको स्थानीयले बताएका छन जसमध्ये अध्यक्ष रामानन्द कोईरी,सचिव बिजय पटेल,कोषाध्यक्ष ईन्द्रावती कुर्मी ,सदस्य रिना कुर्मी,सदस्य ईद्रिस देवान लगायत अन्य व्यक्ति को सम्लगन्ता रहेको छ।