उदयपुर । उदयपुरका एक युवक गम्भीर बिरामी भई अस्पताल भर्ना भएपछि सहयोग आव्हान गरिएको छ । हाल मेसियास्थित कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत रहेका लालबहादुर राउत गम्भीर बिरामी भई आईसीयु भर्ना भएपछि सहयोग गर्न त्यहाँस्थित उनका नेपाली साथीहरुले सहयोगका लागि अपिल गरेका हुन् ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ९ स्थायी घर भएका लालबहादुर बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए ।मलेसियास्थित टार्गेट सेक्युरिटी एसडिएनबि एचडिकम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत उनी हप्तादिनदेखि ग म्भीर बिरामी परेका छन् ।
बिरामीको प्रकृति र अस्पतालले लिने उपचार खर्च अत्यधिक देखिएकाले पनि उनलाई सहयोग गर्न मलेसियास्थित नेपाली मजदुरहरु (बिरामीका साथी)ले जानकारी दिएका छन् ।
लालबहादुरका आफन्त तेजबहादुर राउतका अनुसार हाल बिरामीमो केएलस्थित युनिभर्सिटी मलाया मेडिकेयर सेन्टर हस्पिटलमा आइसियु कक्षमा उपचार भइरहेको छ ।
डाक्टरका अनुसार बिरामी लालबहादुरको उपचारका लागि निकै रकम आवश्यक देखिएको छ । बिबिध कारण पैसा समेत राम्रो कमाई नभएपछि आर्थिक अवस्था कमजोर भएका लालबहादुरको स्वास्थ्य अवस्था पहिला जस्तै अवस्थामा फर्काउन सहयोगी मनहरुसँग अपिल गरिएको तेजबहादुर राउतले जानकारी दिए ।
लालबहादुरको स्वास्थ्य उपचारका लागि रकम सहयोग गर्न चाहनेले मोवाईल नम्बर ०११३३८८८२५६, ०११३३८८८२५६ र ०११२७००४५९४ मार्फत सम्पर्क गर्न सकिने जानकारी गराइएको छ ।
त्यस्तै बैंक खाता नम्बर ८८८१०२४७९७४७३ मा समेत रकम जम्मा गर्न सकिने बताइएको छ ।
जेठो खबर बाट