क्वालालम्पुर- मलेसियन  प्रहरीले एक बंगलादेशी नागरिकलाई पक्राउ गरी आर.एम-१३०,०००  भन्दा बढीको अवैध चुरोट र मदिरा बरामद गरेको छ।मलेसियाको  पेनाङ क्षेत्रमा एक प्रहरी प्रमुख शाम्सोल कासिमका अनुसार  सोमबार सेबेराङ प्राइको एक क्षेत्रमा चिनियाँ नयाँ वर्षको अवसरमा  गरिएको छापाको  क्रममा उक्त सामान बरामद गरिएको हो।

“ छापा मार्दा हामीले ५९० डब्बा प्रतिबन्धित चुरोट वा आर.एम- १२३,४९०.००  मूल्य बराबरको २१६,८००  स्टिक चुरोट भएको ११ वटा बाकस फेला पार्यौं’ प्रहरी प्रमुखले भने।

“१७ बक्स मादक पदार्थ र  विभिन्न ब्रान्डका १४३.४  लिटर र आरएम ९,९७०  मूल्यको अवैध सरसामान बरामद गरेको ” उनले मंगलबार एक विज्ञप्ति जारी गर्भदै जानकारी दिए।

बरामद गरिएका सामानको कुल मूल्य एक लाख ३३ हजार ४६० रुपैयाँ रहेको एसीपी शम्सुलले बताए ।पक्राउ परेकालाई थप अनुसन्धानका लागि केन्द्रीय सेबराङ प्राई प्रहरीमा बुझाइएको उनले बताए ।उनले भन्सार ऐन, १९६७ को दफा १३५(१)(क) बमोजिम अनुसन्धान भइरहेको बताएका हुन् । समाचार श्रोत:द स्टार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय