क्वालालम्पुर- मलेसियामा स्थापित तामाङ समुदायको जातीय सामाजिक संस्था नेपाल तामाङ घेदुङ, मलेसियाको आयोजनामा सोनाम ल्होछार तथा बृहत् सांस्कृतिक कार्यक्रम २०२२ भब्यताका साथ सम्पन्न भएको छ।
“हाम्रो भषा धर्म र संस्कृतिको जगेणा गरौँ, सोनाम ल्होछार प्रबर्द्धन, हाम्रो सांस्कृतिक एकताको मुल नारा, तामासालिङ प्रदेश स्थापना हाम्रो राजनितीक एकताकप मुल अभिभारा” भन्ने मुल नाराको साथ यहीँ फेब्रुअरी २ तारीख क्वालालम्पुर स्थित होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजना गरिएको सो ल्होसार कार्यक्रम सम्पन्न भएको हो।
सो कार्यक्रम नेपाल तामाङ घेदुङ, मलेसियाका अध्यक्ष जगत दोङ तामाङ सभापतित्व तथा नेपाली दुतावास मलेसियाका उपनियोग प्रमुख (कार्यवाहक राजदूत) मोती बहादुर श्रीशको प्रमुख आतिथ्यता तथा मलेसियामा स्थापित विभिन्न जातीय , गैर जातीय , सामाजिक , राजनीतिक संस्थासंस्थाको आतिथ्यतामा सम्पन्न भएका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य दिने क्रममा प्रमुख अतिथि कार्यवाहक राजदूत मोती बहादुर श्रीशले मलेसिया र नेपाल बिचको सम्बन्धको बारे चर्चा गर्दै १९६० बाट कुटनैतिक सम्बन्ध स्थापना भएको हो । प्रथम र दोस्रो विश्व युद्धमा गोर्खा ब्रिटिसको रुपमा आएर मलेसियालाई अफ्ठ्यारो पर्द गरेको सहयोगको कारण अहिले पनि त्यो सहयोग मलेसियाले नबिर्सेको बताए ।
विश्व युद्धको समयमा मलेसिया आएका गोर्खा सैनिकहरुको सन्तानहरु मलेसियामा ११ सय देखि १२ सय जनाको सङ्ख्यामा रहेको छ । उहाँहरुलाई सोनाम ल्होसार जस्तो विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा निमन्त्रणा गरि हाम्रो परम्परा र संस्कृतिको प्रबर्द्धन र जगेणा गर्ने कार्यमा सहभागी गराउन प्रमुख अतिथिले आग्रह गरे ।
कार्यक्रममा स्थानीय कलकारहरुले तामाङ सेलो गित तथा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा शुभकामना मन्तब्य अतिथिद्धय हेमराज सापकोटा, दूतावासका श्रम सहचारी प्रकाश पन्थि, ईशवर राई, दिपक सुनाखरी, समीर मल्ल लगाएतले दिएका थिए ।