रामजी प्रजापति,नवलपरासी / माघ २७ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ९ जाेकवार स्थित सडक छेउकाे नालीमा मिति २०७८ माघ ८ गते शनिबार बिहान ०८:१५ बजेकाे समयमा अन्दाजी ३५ वर्षको पुरुष व्यक्तिको लास रहेकाे छ भन्ने खबर जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा प्राप्त भई तत्काल घटानस्थलनमा प्रहरी नायव उपरीक्षक सहितकाे टाेलि खटिइ प्रारम्भिक अनुसन्धान गर्दा घटनास्थलमा दुबै हात पछाडिबाट प्लास्टिकको डाेरीले कसेर बाधिएकाे,अनुहार गम्छाले बेरिएकाे तथा गलबन्दीले घाँटीमा गाठो बनाई कसिएकाे अवस्थामा पहिचान नखुलेको अन्दाजी ३५ वर्षको पुरुष व्यक्तिको मृत लास फेला परेकाे पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान पच्क्षात मृत लाशलाई पाेष्टमार्टमकाे लागि पृथ्वीचन्द्र अस्पताल परासीकाे शव गृहमा राखि निजकाे पहिचानकाे लागि विभिन्न संचार माध्यम तथा समाजिक संजालमा हुलिया सहितकाे विवरण प्रकाशन एवं प्रशारण गरिएकाे थियाे । साेही दिन निज मृतकका साथीहरू बिजय चाैधरी हराएको निवेदन सहित जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा गएका थिए । मृतक जिल्ला कपिलवस्तु, सुद्धाेधन गाउँपालिका वडा नं १ उच्डीहवा नागरिकता वतन भई हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं २७ असनमा भाडा वर्तन एवं हार्डवेयर व्यवसाय गर्ने वर्ष ३५ काे बिजय चाैधरी निजका सथीशरुबाट सनाखत भई खुल्न आएको प्रहरीले बताएको छ । अनुसन्धानका क्रममा मृतक सहित ८ जना साथीहरू काठमाडौं बस्ने तलत अलि खान,माेहन बिक्रम श्रेष्ठ,मनश्याम खड्गी र मृतक बिजय चाैधरी काठमाडौं मुङ्गलीन हुँदै तथा बिके शाही,दिनेश कार्की,जित बहादुर श्रेष्ठ र केशव सुवेदी हेटाैडाकाे बाटो हुँदै मिति २०७८ माघ ०६ गते काठमाडौंबाट जग्गा बैना पट्टा गर्नकाे लागि भैरहवा आई भैरहवाको एक हाेटलमा बसेकाे र माघ ०७ गते साझ मृतक बिजय चाैधरी,तलत अलि खान,राजु शाअ भन्ने मन्जुर आलम देवान बिच भैरहवा स्थित यति हाेटल नजिकै एक चिया पसलमा भेट भएकाे , साेही दिन २० लाख रुपैया बिजय चाैधरी निज राजु शाह भन्ने मन्जुर आलम देवान संग जग्गाको बैनापट्टाकाे लागि निजहरु दुबै जनासंगै गएकाे । मृतक बिजय चाैधरीलाई राजु शाहसंग चिनजान गराउने तलत अलि खान रहेकाे र राजु शाहसंग तलत अिल खानकाे विभिन्न माध्यमबाट निरन्तर सम्पर्क एवं भेटघाट हुने गरेकाे थियाे ।
अनुसन्धानकाे क्रममा राजु शाह व्यक्ति हाल जिल्ला नवलपरासी रामग्राम नगरपालिका वडा नं ५ ड्राइभर टाेल बस्ने वर्ष ३७ काे मन्जुर आलम देवान रहेकाे र घटनाकाे दिनदेखि निज परिवार सहित फरार बुझिन आएकाे प्रहरीले जनाएको छ । निज मन्जुर आलम देवान र निजकाे श्रीमती वर्ष ३५ कि हदिसुन नेसा समेतकाे खाेज तलासका लागि सादा पाेशाकमा प्रहरी परिचालन गरि निजहरुकाे गतिविधिहरुकाे सुक्ष्म रुपमा निरन्तर निग्रानी एवं खबर संकलन कार्य गरिएको । फरार रहेका राजु शाह र निजकाे श्रीमती हदिसुन नेसालाई मिति २०७८ माघ २५ गते जिल्ला नवलपरासी पाल्हिनन्दन गाउँपालिका वडा नं १ महेशपुर स्थित नेपाल-भारत सिमा नजिक नेपाल तर्फबाट भारतीय प्रहरीले समन्वय र सहकार्यमा पक्राउ गरिएको । राजु शाह भन्ने मन्जुर आलम देवान आफू बसिरहेको घरसमेत राखी ऋण लिएको , श्रीमतीकाे नाममा समेत विभिन्न सहकारी र समुहबाट ऋण निकालेको उक्त ऋण तिर्न नसकेको कारण पैसा कमाउने उद्धेश्यले याेजना बनाई तलत अलि खानलाई सम्पर्क माध्यम बनाई बिजय चाैधरीबाट २० लाख लिने र निजकाे हत्या गरि उक्त पैसा आर्जन गर्ने उद्धेश्य राखेकाे । मिति २०७८ माघ ०७ गते राति ८ बजेकाे समयमा भैरहवाबाट बैना पट्टाकाे लागि आफ्नो माेटरसाईबलमा राखी परासी स्थित आफ्नो घरमा ल्याएको,उक्त कार्यका लागि निज मन्जुर आलम देवानले आफ्नै श्रीमती हदिसुन नेसालाई प्रयाेग गरि दुबै जनाकाे संलग्नतामा बिजय चाैधरीलाई सेताे गम्छाले मुखछाेपी,गलबन्दीले घाटी कसी मारी प्लास्टिकको डाेरीले दुबै हात कम्मरकाे पछाडी बाधी मारेकाे ।
मारिसके पच्क्षात निज मन्जुर आलम देवान र निजकाे श्रीमतीले उक्त बिजय चाैधरीकाे लाशलाई माेटरसाईकलमा राखी रामग्राम नगरपालिका वडा नं ९ जाेकवार स्थित सडक छेउकाे पुर्व पट्टि सुख्खा नालिमा फालेकाे र निज मृतक बिजय चाैधरीले लगाएको गरगहना तथा माेबाईल लगायतका वस्तुहरु प्लास्टिकमा राखी घटनास्थल नजिकैकाे गहुँबारीमा फालेकाे अवस्थामा बरामद गरिएको । मृतक बिजय चाैधरीकाे साथमा भएकाे रुपैया पैसा निज मन्जुर आलम देवानले आफ्नाे दिदी रामग्राम नगरपालिका वडा नं २ बस्ने वर्ष ४२ कि शारदा देवी केवटलाई राख्न दिएकाे र उक्त झाेला शारदा देवी केवटकाे श्रीमान वसन्त कुमार सहानीले परासी स्थित कुनै एक माेवाईल पसलमा राख्न दिएकाे अनुसन्धानबाट खुल्न आएकाे । उक्त माेवाईल पसलबाट १५ लाख ३३ हजार ५ सय रुपैया सहितकाे झाेला बरामद भएकाे साथै बसन्त सहानीकाे घरबाट रु २ लाख रुपैया समेत गरिएको प्रहरीले जानकारी दिएकाे छ ।
साथै मिति २०७८ माघ २५ गते रामग्राम नगरपालिका वडा नं २ बस्ने वर्ष ४२ कि शारदा देवी केवट,निजको श्रीमान बसन्त कुमार सहानीलाई निजकै घरबाट तथा याे घटनाका मुख्य याेजनाकार र बिजय चाैधरीकाे हत्या गर्ने कार्यमा संलग्न राजु शाह भन्ने मन्जुर आलम देवान,निजको श्रीमती हदिसुन नेसालाई साही दिन पाल्हिनन्दन गाउँपालिका वडा नं १ महेशपुर स्थित नेपाल-भारत सिमा नजिक नेपाल तर्फबाट पक्राउ गरि जिल्ला अदालत नवलपरासीबाट म्याद लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।