क्वालालम्पुर- मलेसियाको पेनाङ राज्यमा माटेल कम्पनीमा कार्यरत २१ जना नेपाली कामदार बोकेको मिनिबसलाई बिपरित दिशाबाट आईरहेको लोरि (कन्टेनर) अनियन्त्रित भई ठक्कर दिदाँ बसमा सवार कामदारहरु घाइते भएका छ्न।
हिजो शनिबारको दिन साझ करिबकरिब ०७:०० बजेको समयमा पेनाङको सेब्राङ्गजायास्थित सडक किनारमा रहेको पेट्रोलपम्प नजिकै सो सवारी दुर्घटना भएको नेपाली दूतावास मलेसियाको जनसम्पर्क अधिकृत टेक बुढाले मलाया खबर लाई बताउनुभयो।
घटनास्थाल र अस्पतालमा घाइतेहरुसंग भेटघाट र स्वास्थ्य अवस्था बुझ्न पेनाङ्नै पुग्नुभएका दूतावासका श्रम सहचारी प्रकाश पन्थीले बताए अनुसार सो सवारी दुर्घटनामा परि नेपाली कामदार सवार बसलाई लोरिले ठोक्दा पुर्ण रुपमा कुल्चिएको भएता पनि त्यस् गाडीमा सवार नेपालीहरुमध्य कसैको पनि मृत्यु नभएको सबै जिवितनै रहेको र २१ जनामध्य ५ जना चाहिँ घटनास्थलबाटै रुम फर्किसकेको साथै बाँकी अन्यको घाइते साथै गम्भीर घाइतेहरुको सेब्राङ्ग्जाया स्थित अस्पतालमामा उपचार भैईरहेको बताउनुभयो।
सामान्य चोटपटक लागेका नेपाली कामदारहरु उपचार पश्चात् रुम फर्किसकेको र अन्य केहि हातखुट्टामा चोट लागेका नेपालीहरुको थप चेकजाँच र उपचार भैइरहेको श्रम सहचारी पन्थीले बताउनुभएको छ।
सो सवारी दुर्घटनामा परेकाहरुको नाम क्रमशः उत्तम राई , राजकुमार , उमाकान्त , सुरजे , अशोक मण्डल , तेजेन्द्र आले , कमल गुरुङ , क्षत्र बहादुर ओली , श्याम सुनार , दिनेश , मनोज , जिरी लाल , बिजय , केशव , सोनेलाल , महेश लगायतको गरि २१ जना एकै कम्पनीमा कार्यरत कामदारहरु रहेको श्रम सहचारी पन्थीले बताउनुभयो।