लेटाङ- लेटाङ नगरपालिकाको वडा नम्बर-१ अन्तर्गत खर्बनी आसपासमा अवैध रुपमा माछा मार्ने करिब १० जना युवाहरुको सामान स्थानीय युवाहरुले जफत गरेका छन।

गत हप्ता माछा मार्ने ईलेक्ट्रोनिक एक थान ईन्भर्टर, एसिड ब्याट्री, र करिब ५ मिटर बिजुलिको तार जफत गरेका हुन। जफत गरिएको सामान सब डिभिजन साखा कार्यलय लेटाङ लाई सामान सहित कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै निवेदन बुझाएको छ।

चिसाङमा करेन्ट बाट माछा मार्दै खर्बनी पुगेका युवाहरु लाई स्थानियहरुले सम्झाई बुझाई गरेर फर्काउने कोसिस गर्दा उनिहरुले बिबाद सिर्जना गरेपछि स्थानीयहरुले सामान खोसेर राखेको नव ज्योती युवा क्लबका सचिब रमित लिम्बुले जानकारी दिए।

नेपालको कानुन अनुसार यस्ता गतिविधि जघन्य अपराध अन्तर्गत पर्ने भन्दै स्थानीयहरुले माओवादी केन्द्र लेटाङको सहजिकरणमा सो सामाग्रीहरु सब डिभिजन बन कार्यालय साखा लेटाङ लाई बुझाएको छ।

भने बन कार्यालयले बन ऐन अनुसार अपराधिक गतिविधिमा सम्लग्नहरु लाई कानुनी कारबाही हुने बन कार्यलय प्रमुख सत्य नारायण झा ले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय