लेटाङ- नेकपा माओवादी केन्द्र लेटाङ नगर कमिटीले २७ औं जनयुद्ध दिवस तथा सुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ मनाएको छ। आजभन्दा ठिक २६ बर्ष अघि निरङ्कुस राजतन्त्रको अन्त्य गरि नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक रास्ट्रको परिकल्पना गर्दै जनयुद्धको सुरुवात गरेको दिनलाई स्मरण स्वरुप माओवादी पार्टीले बर्सेनि जनयुद्ध दिवसलाई देशैभरी एकैसाथ मान्दै आएको छ।
जनयुद्ध अवसरकै दिन लेटाङ नगर कमिटीले आफ्नो गतिविधि संचालन गर्न पार्टी कार्यलयको उद्घाटन समेत गरेको छ।कार्यालयको औपचारिक उद्घाटन पछी सुरु भएको जनयुद्ध दिवस परिवर्तनका लागि आफ्ना प्राण आहुती दिने सहिदहरु लाई स्मरण गर्दै १ मिनेट मौन धारण गरि कार्यक्रम अघि बढेको थियो। सो कार्यक्रमको सोभा बढाउन नेपालको नक्सा बनाई दीप प्रज्वलन गरी मनाएको हो।
कार्यक्रममा वक्ताहरुले जनयुद्ध दिवसको थालनि र औचित्य बारे प्रष्ट पारेका थिए।भने कालिकोटका एक कम्पनी कमान्डरले सभालाई सम्बोधन समेत गरेका थिए।
-माओवादी केन्द्र एमसिसी कार्यान्वयनको पक्षमा छैन- भुपेश लिम्बु।
नेकपा माओवादी केन्द्रले वैदेशिक सहयोग एमसिसी सजिलै स्विकार्न नसक्ने बताएका छन।
माओवादी केन्द्र लेटाङ नगर कमिटी सह इन्चार्ज तथा जिल्ल समन्वय समिति सदस्य भुपेस लिम्बुले अमेरिकी सहयोग एमसिसी माओवादी पार्टीले बिना संसोधन पास गर्न नहुने बताएका छन। एमसिसिको कारण नेपाली जन्तामा भ्रम पैदा भइ रहेको र त्यो परियोजना कार्यनयनको पक्षमा माओवादी नरहेको स्पष्ट पारे।
एमसिसि बिना संसोधन कार्यनयन गर्ने पक्षमा माओवादी छैन”उनले भने। एमसिसिकै कारण पार्टी माथी बारम्बार हमला भइरहेको छ। यस्ता बिषयहरु सतहमा ल्याउने अराजक केहि झुन्डहरु हुन”उनले थपे। बिना एमसिसी पनि नेपालको भौतिक बिकास सम्भब रहेको उनको धारणा थियो। कार्यनयन पक्षको समर्थन गर्ने हो भने त्यस भित्रका बाधक प्रावधान र सैन्य रणनीतिहरु आफुहरुलाई मान्य नरेको लिम्बुले बताए।
-चिल्ला गाडीमा होइन, गरिबको झुपडीमा माओवादी पुग्नुपर्छ।
लेटाङको सन्दर्भ लाई जोड्दै समसामयिक राजनीतिक अवस्थाको नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य कृष्ण लम्साल र नगर सह इन्चार्जले एमाले र नेपाली काङ्ग्रेसले नेतृत्व गरीरहेको नगर गतिविधि बारे आलोचना गरेका छन। नेपाली काङ्ग्रेस बाट निर्वाचित मेयरले चिल्ला गाडी चडेर होम पाइप र तार जालिमा आफ्नो राजनीति केन्द्रित गरेको आरोप लगाएका छन।
केही प्रतिक्रियावादी तत्वहरु चुनाब नजिकै गर्दा लेटाङमा माओवादी केन्द्र सङ अतालिएको जिकिर गरे। माओवादीले आफ्नो सागठानिक गतिविधि अगाडि बढाई रहदा जबर्जस्ति अबिर लगाउने र ललाइ फकाई प्रलोभनमा पारेर एमालेमा हुल्ने प्रबृत्तिको लिम्बू र लम्सालले बिरोध गरेका छन। राजनीतिक प्रतिसोध र अराजक गतिविधिले बिपक्षी पार्टीहरुले आफ्नै कद होच्याउदै गएको बताए। ब्यक्तिको स्वतन्त्रता माथी अङ्कुस लाउने जस्ता क्रियाकलापको माओवादी बिरोध गर्दछ, सच्चिन आग्रह गर्दछौ” भुपेश लिम्बुले भने।
माओवादीको एजेन्डा माथी राज गरेर पुजिवादी राजनीति नगर्न अन्य पार्टीहरुलाई आग्रह गरे। राजनीति चिल्ला गाडी र घुम्ने कुर्सिमा नभई जन्ताको जीवन स्तर सङ जोडिनु पर्ने उनिहरुको भनाई थियो। एमाले बाट माओवादीमा पार्टी प्रवेश। नेकपा एमाले लेटाङ ९ नम्बर वडा कमिटी सदस्य लोकनाथ पोख्रेल एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन।
एमालेको गैर राजनीतिक गतिविधिको बिरोध गर्दै आफुले एमाले त्यागेर माओवादी केन्द्रमा प्रबेश गरेको बताएका छन। नव प्रबेशी पोख्रेल लाई माओवादी केन्द्र लेटाङ नगर कमिटीका महिला उपाध्यक्ष शान्ता राई, प्रदेश कमिटी सदस्य कृष्ण लम्साल लगायत नगर कमिटीका उपलब्ध पदाधिकारीहरुले सङ्युक्त रुपमा अबिर र खादा ओडाई स्वागत गरेका थिए। उक्त कार्यक्रम लाई नगर कमिटी सह- इन्चार्ज तथा जिल्ला समन्वय समिति सदस्य मौसम लिम्बुले संचालन गर्नु भएको थियो।
-लेटांग नगरकमिटिले एकैदिन जनयुद्द दिवस मनायो।
नेकपा माओवादी केन्द्र लेटांग अन्तर्गतका सबै वडाहरुले एकै दिन वडा कमिटि बैठक तथा जनयुद्ध दिवस मनाएका छन्। वडा नम्बर- १ र ७ बाहेक सबै वडाहरुले विभिन्न निर्णयहरु गर्दै बैठक सम्पन्न गरेका छन्।
आगामी बैसाखमा हुने चुनाबी रणनीति देखि सांगाठानिक गतिबिधि बारे स्पस्ट धाराणा सहित सबै वडामा बैठक सम्पन्न भएको वडा इन्चार्जहरुले जानकारी दीए।