ईलाम-  इलामको माई नगरपालिकास्थित कोभिड अस्पतालका लागि मानव अधिकार मञ्च नेपाल इलामले शुक्रबार स्वास्थ्य एवम् बालमैत्री सामग्री प्रदान गरेको भक्त थामिले जानकारी दिनु भएको छ। बालबालिकाको आपतकालीन उद्धार, राहत र संरक्षण तथा परामर्शका लागि संचालित बाल हेल्पलाइन १०९८ अन्तरगत ईलाम बाट ८० हजार ७ सय ५ रुपैयाँ बराबरको औषधि, स्वास्थ्य, शिक्षा, खेलकुद तथा मनोरञ्जनका सामग्री हरु माइ अस्पताल लाई प्रदान भएको स्वास्थ प्रमुख पुष्कर कट्टेल ले जानकारी दिनु भएको हो ।

बालबालिका विपद् सहयोग कार्यक्रम अन्तर्गत मञ्चले नगरपालिका पुगेर बालबालिका तथा उनीहरुको परिवारका लागि कोभिड अस्पतालमा आवश्यक पर्ने सामग्री उपलब्ध गराएको हो । माई नगर प्रमुख दिपककुमार थेवेको अध्यक्षतामा स्वास्थ शाखा प्रमुख पुष्कर कट्टेल, माई अस्पतालका डा. रामकृष्ण आचार्यलगायतको उपस्थितिमा मंचका बाल हेल्पलाईनका प्रमुख भक्त थामी, डेस्क अफिसर रन्जु थामी र लेखा अधिकृत सोनिशा शंकरको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो ।

सेनिटाइजर, माक्स, ग्लोब्स, फिनेल, थर्मोमिटर, इलेक्ट्रिक जग, कपसेट, डस्टबिन, अक्सिमिटर, औषधिलगायतको स्वास्थ्य सामग्री, डल, बल, ब्लक्स, कलर पेनसिल, ड्रइङ पेपर, पोटोकपि पेपर, कलपेन, लुँडो, चेस, क्यारमबोर्ड, एबीसीडी चार्ट, स्टोरी बुकलगायतको शैक्षिक, खेलकुद एवम् मनोरञ्जनको सामग्री उपलब्ध गराइएको हो स्वास्थ शाखा ले जानकारी दिनु भयो । ओमिक्रोन कोरोना भाईरस (कोभिड १९) को तेस्रो लहरलाई लक्षित गरी बाल हेल्पलाइनले इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न स्थानीय तहमा स्वास्थ्य एवम् बालमैत्री सामग्री सहयोग गर्दै आएको छ । यसअघि इलाम अस्पताल, चुलाचुली गाउँपालिका, सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका र रोङ गाउँपालिका एवम् पाँचथरको कुम्मायक गाउँपालिका र मिक्लाजुङ गाउँपालिकालाई सामग्री उपलब्ध गराइसकेको छ ।

यस्तै देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा पनि चाँडै सामग्री उपलब्ध गराउने मानव अधिकार मञ्चले जनाएको छ । त्यस्तै पाँथचरको जिल्ला अस्पताल, ताप्लेजुङको जिल्ला अस्पताल, सिरिजंगा गाउँपालिका र मैयाखोला गाउँपालिका र तेह्रथुमको आठराई गाउँपालिकाको स्वास्थ्य संस्थामा समेत सामग्री उपलब्ध गराएको जानकारी दिनु भयो । कोभिड अस्पतालमा संचालित ४ जिल्लाका १५ स्वास्थ्य संस्थामा ११ लाख २२ हजार ?पैयाँ बराबरको स्वास्थ्य, शैक्षिक, खेलकुद एवम् मनोरञ्जनको सामग्री उपलब्ध गराईने बाल हेल्पलान प्रमुख थामीले बताए ।

ओमिक्रोन भाईरसले बालबालिकालाई बढी प्रभाव पर्ने भनिएकोले कोभिड लागेका बालबालिका र उनका परिवारलाई सहुलियत हुने गरी उनीहरुलाई आईसोलेसनमा आवश्यक सामाग्री उपलब्ध गराईएको थामीको भनाई छ । किन्नरमिसनरेक जर्मनीको सहयोगमा मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा इलाममा बाल हेल्पलाइन १०९८ संचालित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय