काठमाण्डौ- मलेसियाका रोजगारदाताहरूले अब यो महिनाबाट मलेसिया प्रवेश गर्ने आफ्ना विदेशी कामदारहरूका लागि क्वारेन्टाइन स्लटहरू बुक गर्न सक्ने भएका छन्, मानव संसाधन मन्त्री एम सरावननले भने।
विदेशी कामदारले मेडिकल जाँच पास गरेपछि र विदेशी कामदारको केन्द्रीकृत व्यवस्थापन प्रणालीबाट भिसा विथ रेफरन्स (भिडीआर) जारी गरेपछि बुकिङ गर्न सकिने उनले बताएका हुन्।
क्वारेन्टाइनको अनुमानित लागत आरएम २०००-३००० को बीचमा हुने बताए। यसमा आवास, खाना र पेय पदार्थ (दिनको तीन पटक), क्वारेन्टाइन केन्द्रमा यातायात र कोविड-१९ स्क्रीनिंगहरू समावेश गराइने “उनले आज एक विज्ञप्तिमा भनेका छन्।
मन्त्रालयमा हिजोसम्म वैदेशिक रोजगारीका लागि फागुन १५ गतेदेखि एक लाख ७१ हजार १३३ आवेदन परेको थियो ।यस संख्यामा १,१८,९६७ उत्पादनमूलक, त्यसपछि सेवा क्षेत्र (२१,०४०), वृक्षारोपण (१५,७८७), निर्माण (१२,२५२) र कृषि (३,०८७) क्षेत्र छन्।
मंसिर १० गते बसेको मन्त्रिपरिषद्को बैठकले कृषि, उत्पादन, सेवा, खानी तथा उत्खनन, निर्माण र घरेलु कामदारका विभिन्न क्षेत्रमा विदेशी कामदार भर्ना खुला गर्ने सहमति भएको थियो ।