मलेसियाले कोभिड १९ का कारण लगाएको प्रतिबन्ध फुकुवा गरेर आवात जावतमा सहज बनाउने निर्णय गर्ने भएको छ। प्रधानमन्त्री इस्माइल साब्री याकोबले मंगलबार पत्रकार सम्मेलनमा मलेसियाले महामारीको चरण पार गरेको बताएका छन्। तर मलेसिया प्रबेश गर्न पाउनेहरुमा केहि सर्तहरु भने पुरा गरेको हुनुपर्ने छ। १ अप्रिल, २०२२ बाट खुल्ला गर्न लागेको सिमानामा कोभिड बिरुद्धको खोप पूर्ण मात्रामा लाउनु पर्ने छ।
यस्तै सार्वजनिक स्थानमा अनिबार्य मास्क लगाउनु पर्ने छ। उनले भने माइ सेजतारा अझै पनि प्रयोगमा छ। त्यस मार्फत थप जानकारी दिइने छ। भीड भाड गर्न पाईने छैन। रोग नियन्त्रण गर्न माई सेजतारा मोबाइल एप लाई थप सुविधायुक्त (ब्लुटुथ कन्ट्याक्ट ट्रेसिङ) फिचर बनाईने बताएका छन।यस्तै मलेसिया नागरिकहरुले खुला सिमाना भएका अन्य देशहरूमा भ्रमण गर्न पाउने भएका छन्।
अब यात्रा कागजातहरू भएकाहरु (मलेसियाली र विदेशीहरू) माई ट्राभल पास अनुमति बिनानै यात्रा गर्न सक्ने छन्। भने यस अघि अनुमतिको लागी आबेदन दिने प्रावधान रहेको थियो। मलेसियामा पूर्ण खोप लगाएका यात्रुहरूलाई क्वारेन्टाइनको आवश्यकता पर्दैन। उनले थपे । यात्रुहरुले प्रस्थान गर्नुभन्दा २ दिन अघि आरटी,पिसीआर र स्वाब परीक्षण क्वालालम्पुर अन्तरास्ट्रीय विमानस्थलमा आइपुगेको २४ घण्टामा अनिबार्य परीक्षण भने गर्नुपर्नेछ।
स्थानीय अनलाइन पत्रीका मले मेलका अनुसार मलेसिया संग जोडिएका सिमाना भएका देशहरूमा यात्रा गर्ने सन्दर्भमा, मलेसियनहरूले भीटीएल प्रयोग गरेर यात्रा गर्न सक्ने छन् तर यात्राका लागी प्रतिबन्ध भने लाग्ने छैन। र व्यापारिक प्रायोजनमा यात्रा गर्ने यात्रुहरुले भने सहजै आवत जावत गर्न सक्ने बताइएको छ।