काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबिच भेटवार्ता चलिरहेको छ ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री देउवाले शान्त वातावरणमा चुनाव सम्पन्न गर्न विप्लवसँग भएको सहमति कार्यान्वयन कसरी गर्ने भनेर छलफल थालेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दीलेन्द्र बडू, गृहसचिव टेकनारायण पाण्डेसहितको सहभागिता छ।
नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्माको सहभागिता छ।