काठमाडौं– नेपाल टेलिकम लिमिटेडले पहिलोपटक लगानीकर्तालाई बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले बोनस सेयर र नगद लाभांश प्रस्ताव पारित गर्न चैत २४ गते साधारणसभा गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र प्रतिकित्ता २० रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव अघि सारेको छ । कम्पनीको १४औं वार्षिक साधारणसभा चैत २४ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे सुरु हुने कम्पनीको सूचनमा उल्लेख छ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्नेछ । चैत १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले प्रस्तावित बोनस सेयर र नगद लाभांश पाउनेछन् । त्यस्ता सेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन पनि पाउनेछन् ।