काठमाडौं – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो ।

निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ कायम भएको छ।  यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य १५ रुपैयाँले बढाएर प्रतिलिटर १५१ रुपैयाँ कायम भएको छ । यसअघि निगमले फागुन १९ गते पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेको थियो ।

निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले नेपालमा पनि बढाएको जनाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले आज बुधबार मात्रै पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको थियो ।निगमलाई मट्टितेल र हवाई इन्धनको बिक्रीबाट सामान्य नाफा हुनेछ । १५ दिनमा मट्टितेलको बिक्रीबाट एक करोड ५० लाख, हवाई इन्धन (आन्तरिक)बाट रु एक करोड १३ लाख र हवाई इन्धन (अन्तर्राष्ट्रिय)बाट रु १७ करोड ५३ लाख नाफा हुनेछ । मट्टितेल र हवाई इन्धनको बिक्रीबाट हुने नाफाले निगमको घाटा न्यूनीकरणमा उल्लेख्य योगदान गर्न सकेको छैन ।

आइओसीबाट आज प्राप्त मूल्यमा कर थपिँदा पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा, डिजेलमा ३६ रुपैयाँ ४४ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमको भनाइ छ । मट्टितेलमा प्रतिलिटर १९ रुपैयाँ ५१ पैसा, हवाई इन्धन (आन्तरिक)मा चार रुपैयाँ छ पैसा र हवाई इन्धन (अन्तर्राष्ट्रिय)मा प्रतिलिटर ४३ रुपैयाँ ८४ पैसा नाफा रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय