बिनोद निगम / ५ फागुन / नवलपरासी- तराईको पश्चिम नवलपरासीको महेशपुरमा शुक्रबारको दिन हर्षोल्लोसका साथ रंग अविर लगाएर होली पर्व मनाइएको छ ।
होली पर्वका अवसरमा गए राति ग्रामीण भेगका होली मण्डलीहरुले होरी, फगुवा, जोगिडा बिरहा गाएर होलीका दहन गरेका छन् ।
यसैगरी शान्ति, सद्भाव एवम् भाइचाराको सम्वन्ध विस्तार गर्ने यो पर्व मनाएका छन् ।
परासी,महेशपुरका विभिन्न चोकहरुमा युवाहरुको समूहले रमाईलो गर्दै एक आपसमा रंग अविर दलेर होली पर्व मनाएका हो ।
यसैगरी सामान्यता हिन्दूहरुले मनाउँदै आएको होली पर्व यस वर्ष शान्ति, सद्भाव र एकताको सन्देश दिँदै मनाएको छन् ।