देउखुरी- नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले स्थानीय तहको निर्वाचनमा जनताको मन जितेर अगाडि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

उनले गठबन्धन होला र चुनाव जितौला भनेर बस्न नहुने भन्दै, तत्कालै चुनावको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

उनले मसिनरि चुनावको तयारीमा आग्रह गरे । बिहिवार (माओवादी केन्द्र) दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ वडा कमिटिले गोठुवामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै, मन्त्री थारुले माओवादी एक्लै, आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारीमा लागेको बताउनुभयो ।

‘तपाईहरु एकढिक्का भएर आफ्नो संगठनलाई बलियो बनाएर चुनावको तयारीमा लाग्नुस्, मन्त्री थारुले कर्यकर्तालाई भने ।’

नेकपा (माओवादी केन्द्र) राजपुर गाउँपालिका वडा नम्बर ७ को वडा कमिटि अध्यक्ष टेकबहादुर रानाको अध्यक्षता एवम् लुम्बिनी प्रदेश स्वास्थ्य,

जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुको प्रमुख अतिथिमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेकपा (माओवादी केन्द्र )प्रदेश सदस्य अमरकवर (नविन), राजपुर गाउँपालिका इञ्चार्ज चक्रबहादुर खड्का (शिखर), राजपुर गाउँपालिका अध्यक्ष श्याबहादुर रोका, उपाध्यक्ष भिमबहादुर वली लगायतले बोल्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण सचिव गनबहादुर वलीले गर्नुभएको थियो ।

कांग्रेसमा गयो पहिरो, खड्का सहित एकसय भन्दा बढि माओवादीमा प्रवेश

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दाङमा विभिन्न पार्टी परित्याग गरि नेकपा (माओवादी केन्द्र)मा प्रवेशको लहर चलेको छ ।

दाङको राजपुर गाउँपालिका क्षेत्रमा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरेर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको छ ।

बिहिवार मात्रै राजपुर गाउँपालिका वडा नम्बर ७ गोठुवाका नेपाली कांग्रेसका नेता धनिप्रसाद खड्का सहित एकसय भन्दा बढि नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

उनिहरुलाई नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या परिवार कल्याण मन्त्री इन्द्रजित थारुले टिका फुल माला लगाएर स्वागत एवम् माओवादीमा प्रवेश गराउनु भएको हो ।

नेपाली कांग्रेसका धनिप्रसार खड्काको नेतृत्वमा नेकपा एमालेका नेता लोकबहादुर खड्का सहित एकसय भन्दा बढि नेकपा (माओवादी केन्द्र) प्रवेश गरेको नेपाल प्रेस सेन्टर राजपुर गाउँपालिकाका कोषध्यक्ष तिकलबहादुर रानाले खबर पठाउनु भएको हो ।

धनिप्रसाद खड्का विगत ३३ वर्षदेखि नेपाली कांग्रेसमा क्रियाशिल रहदै अएका थिए ।

नव प्रवेशी भन्छन्, अहिलेसम्म अलमलिएछौँ

लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले नेकपा (माओवादी केन्द्र)ले सधैं नयाँ पुस्तालाई हौसला हुने काम मात्र गर्छ र कुनैदिन पनि पार्टी परित्याग गरि माओवादीमा प्रवेश गरेकामा तपाईंहरुलाई पश्चाताप नहुने बताए।

यस्तै नेपाली कांग्रेस परित्याग गरि माओवादीमा प्रवेश गर्नुभएका धनिप्रसाद खड्काले अहिलेसम्म हामीलाई कांग्रेसले बाँडेको सपनामा अलमलिएको बताए ।

उनले भने, हामी अहिलेसम्म अलमलिएका रहेछौँ अब जनतालाई जसरी हुन्छ निर्चोने अनि भ्रष्टाचार, वेथिती र विसंगतीमा रमाउने कांग्रेसी प्रवृत्तिको अन्त्यका लागि नेकपा (माओवादी केन्द्र) को शक्ति नै चाहिने रहेछ भन्ने महशुस भएको छ ।’

नगरको समृद्धिका लागि एसलाई बहुमत : नेता चौधरी

नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी)का जिल्ला सचिवालय सदस्य एवम् लमहीका इञ्चार्ज गणेश चौधरीले नगरको विकास र नगरबासीको सुख समृद्धिका लागि हाम्रो पार्टी समाजवादी सधैँ प्रतिबद्ध रहेको बताएको छ ।

इञ्चार्ज चौधरीले देश यतीबेला स्थानीय तहको निर्वाचनमय हुदैँ गर्दा समाजवादी पार्टीले जनताको पक्षमा नीती र कार्यक्रम तयार पारिरहको बताए ।

आउदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लमहीबाट मेयर पदको लागि विभिन्न पार्टीका नेताजनहरु आकाक्षी देखिएका छन् ।

एकीकृत समाजवादी पार्टीबाट गणेश चौधरी मेयर पदको लागि आकाक्षी देखिएका हुन् ।

एकीकृत समाजवादीबाट नगरप्रमुखको लाईनमा रहेका इञ्चार्ज चौधरीले भने, समृद्धिको यात्रा तय गर्न आगामी निर्वाचनमा समाजवादी पार्टीले बहुमत ल्याउनुपर्ने बताए ।

जनताले शान्ती र समृद्धि चाहेकाले समाजवादी पार्टीलाई बहुमत प्रदान गर्ने दाबी गरे ।

पछिल्लो समय लोकप्रिय बनेका चौधरीका समर्थकहरुले उनले टिकट पाउने दावि गर्दै, उनले अव देशलाई शान्तीको बाटोमा लैजाने र संविधान निर्माण गराउन सक्ने पार्टी समाजवादी नै भएको जिकिर गर्दै अब संविधान कार्यान्वयन र विकासका लागि जनताले समाजवादी पार्टीलाई नै मतदान गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय