क्वालालम्पुर – स्वास्थ्य मन्त्री खैरी जमालुद्दीनले आज सार्वजनिक रुपमा देखिदै आएको त्रास लाई कम गर्न खोजेका छन्। एक औपचारिक कार्यक्रममा उनले भने कि कोविड १९ कन्ट्याक्ट ट्रेसिंगको लागि प्रयोग गरिएका माईसेजाहटेरा एप्लिकेसन कुनै पनि निजी कम्पनीहरूलाई स्नवामित्वमा नदिएको बताएका छन्।
पोर्ट डिक्सन क्षेत्रका एक सांसद डातुक सेरी अनवर इब्राहिमले यो विषय उठाएपछि उनले आज एक विज्ञप्ति जारी गर्दै एप्लिकेसनद्वारा ह्यान्डल गरिएका सबै मलेशियन नागरिकहरुको निजी डाटा पनि सुरक्षित रहेको बताए।
माई सेजेतारा द्वारा प्राप्त सबै डाटा सहित मुख्य प्रयोगकर्ताको रूपमा स्वास्थ्य मन्त्रालय (MoH) संग सरकारको पूर्ण स्वामित्वमा रहेको दाबि गरेका छन्। भने डाटा गोपनीयताको ग्यारेन्टी रहेको र MoH ले सधैं यो पक्षमा सम्झौता गरी संबेदनसिल रहेको उनले ट्विटर मार्फत जानकारी गराए।