चितवनको विकासलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म रोक्न खोजेको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आरोप लगाएकी छिन् । भरतपुरको विकासका लागि फेरि एकचोटि माओवादीलाई जिताउनुपर्ने दाहालको भनाइ छ ।
त्यो प्रक्रियामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चितवन जिल्लामा केही हुन लाग्यो भने सकेसम्म रोक्न खोज्ने गर्नुहुन्थ्यो । त्यसबेला हामीले धेरै पीडा भोग्यौँ । सिटी हल बन्न पनि नदिने, जग्गाको सहमतिका लागि क्याबिनेटमा जानुपर्ने । क्यान्सरको तलपट्टिको जग्गामा बनाउने भनेर हामीले सबै प्रक्रिया पूरा गरेर जाँदा पनि केपी ओलीले पास गरिदिने र पेन्डिङमा राखिदिनुभयो ।
यसो भन्दै गर्दाखेरि अर्को ढंगले राजनीतिक मोडियो भने घाटा छ उहाँहरूलाई फेरि हुँदैछ नि । माओवादीलाई मात्रै होइन गठबन्धनको आवश्यकता नेपाली काँग्रेसलाई पनि छ । १६५ सिटमा २३ सिट जितेको त हो काँग्रेसले । अहिले देशको बागडोर जिम्मा लिइरहेको छ कसका कारणले हो ? गठबन्धन नबन्दासम्म चर्चा परिचर्चा हुने विषय सामान्य कुरा हो । आकांक्षा हुने कुरा पनि सामान्य कुरा नै हो । क्रिया प्रतिक्रिया हुने कुरा पनि स्वाभाविक विषय हो । तर, निर्णय त पार्टीहरूले नै गर्ने हो ।
गठबन्धन गर्दा मेयरमा काँग्रेसलाई दिनुपर्यो भने ?
भरतपुरमा धेरै काम गरिएको छ । यसलाई अझै धेरै ब्यूटिफिकेसन गर्ने कामको सुरुवात भएको छ । यो काम सम्पन्न भइसकेको छैन । स्मार्ट सिटी बनाएर देखाउने मेरो रहर, धोको र सङ्कल्प छ । त्यसलाई पूरा गर्न गठबन्धनको चक्करमा लाग्ने कि नलाग्ने भन्ने विषयमा चाहिँ पार्टीले निर्णय गरेर अगाडि बढ्नुपर्छ ।
तपाई फेरि मेयरमा दोहोर्याउने पक्षमा हुनुहुन्छ ?
यो समग्र आवश्यकतामा भर पर्छ । भरतपुरवासीको आवश्यकता, पार्टीको पनि आवश्यकता र चाहनामा भर पर्छ । महानगरवासीको मनोविज्ञान बुझेर गरिने निर्णयमा भर पर्छ । व्यक्तिगत हिसाबले भन्ने हो भने मलाई त पुग्यो । तर, पार्टीको बफादार कार्यकर्ता भएको नाताले पार्टीको निर्णय भयो भने उठ्ने हो । मेरो ५ वर्षे कार्यकाल सफल नै रह्यो । व्यक्तिगत हिसाबले भन्ने हो भने मेरो रहर चाहिँ छैन ।
त्यो प्रक्रियामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चितवन जिल्लामा केही हुन लाग्यो भने सकेसम्म रोक्न खोज्ने गर्नुहुन्थ्यो । त्यसबेला हामीले धेरै पीडा भोग्यौँ । सिटी हल बन्न पनि नदिने, जग्गाको सहमतिका लागि क्याबिनेटमा जानुपर्ने । क्यान्सरको तलपट्टिको जग्गामा बनाउने भनेर हामीले सबै प्रक्रिया पूरा गरेर जाँदा पनि केपी ओलीले पास नगर्दिने र पेन्डिङमा राखिदिनुभयो ।
तपाईले भरतपुरमा गर्नुभएका सम्झन लायक काम के के हुन् ?
पहिलो त सडक हो । हाम्रो कार्यकालमा हामीले ६१० किलोमिटर सडक पिच गरेका छौँ । पहिले पिच सडक हेर्न महानगरवासीले बजार नै आउनुपर्ने अवस्था थियो । त्यसबेला प्रत्येक जसो वडामा ६ सय, मिटर ७ सय मिटर मात्रै सडक पिच भएको थियो । आधा किलोमिटर पनि पिच नभएका बाटाहरू थिए । अहिले प्रत्येक वडामा ४० किलोमिटर, ५० किलोमिटर सडक पिच भएको छ । फराकिलो बाटो बनेको छ । ड्रेन बनेको छ ।
सडक पूर्वाधारमा राम्रो उपलब्धि हासिल भएको छ । अर्को भनेको देशकै आधुनिक र गुणस्तरीय अन्तर्राष्ट्रियस्तरको सिटी हल बनेको छ । अर्को भनेको हामीले महानगरपालिकाको प्रशासनिक भवन पनि निर्माण भएको छ ।
माओवादी अध्यक्ष प्रचण्डले एउटा कार्यक्रममा बोल्दा सिटीहल निर्माणको योजना भरतपुरमा ल्याउनका लागि निकै ठूलो संघर्ष गर्नुपरेको बताउनुभएको थियो ? त्यो संघर्ष कस्तो थियो ?
भरतपुर महानगरपालिका देशकै केन्द्र हो । त्यसकारण यहाँ २ हजार क्षमताको सिटी हल हुँदा राम्रो हुन्छ भन्ने मान्यता महानगरपालिकामा रह्यो । त्यसपछि हामीले सहरी विकास मन्त्रालयमा प्रस्ताव पेस गर्यौँ ।
सहरी विकास मन्त्रालयमा पेस गर्दा लगभग २ वर्षभन्दा बढी महानगरपालिकाले मेहनत गर्नुपर्यो । हाम्रो पार्टीका अध्यक्ष प्रचण्डले पनि निक्कै ठूलो मेहनत गर्नुपरेको थियो । कहिले मन्त्री परिवर्तन, कहिले मन्त्रालयको सचिव, कहिले विभागको महानिर्देशक परिवर्तन हुने भयो । त्यस्तोको बीचबाट पनि हामी अगाडि बढ्यौँ र टेन्डर भयो ।
त्यो प्रक्रियामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चितवन जिल्लामा केही हुन लाग्यो भने सकेसम्म रोक्न खोज्ने गर्नुहुन्थ्यो । त्यसबेला हामीले धेरै पीडा भोग्यौँ । सिटी हल बन्न पनि नदिने, जग्गाको सहमतिका लागि क्याबिनेटमा जानुपर्ने । क्यान्सरको तलपट्टिको जग्गामा बनाउने भनेर हामीले सबै प्रक्रिया पूरा गरेर जाँदा पनि केपी ओलीले पास नगर्दिने र पेन्डिङमा राखिदिनुभयो ।
हामीलाई ५ बिगाहा जग्गा चाहिने भएको थियो । गाउँमा लगेर पनि हुने अवस्था थिएन । त्यसपछि जिल्ला विकास समितिको जग्गामा अध्यक्षको पहलमा सिटी हल निर्माणको प्रक्रिया पुरा गर्यौँ । त्यसपछि हाम्रो सिटी हल निर्माण भयो । त्यहाँ ४ बिगाहा ४ कठ्ठा जग्गामा सिटी हल बन्दैछ । बजेटको सुनिश्चितताका लागि पनि धेरै पहल गर्नुपर्यो ।
अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको काम अगाडि बढ्यो । अहिले त्यो हुन त सकेन । हामीले खेलकुद मन्त्रालयमा सबै डकुमेन्ट पेस गरेका छौँ । महानगरपालिकाले सबै अपनत्व लिएर हामीले. क्याबिनेटमा प्रस्ताव लानका लागि तयारी गरेका छौँ । त्यसको लागि मन्त्रालयको तर्फबाट समिति बनाउने भनिएको छ । अब क्याबिनेटमा जान्छ । आगामी आर्थिक वर्षमा बजेट राखेर काम अगाडि बढ्छ ।
अहिलेसम्म रंगशालामा खर्चचाहिँ के कति भएको रहेछ ?
खर्च कति भन्ने कुरा चाहिँ फाउन्डेसनको तर्फबाट महानगरपालिकालाई बुझाउनु भएको छ । महानगरपालिकालाई स्वामित्व लिनका लागि पनि पत्राचार गर्नुभयो । त्यसपछि महानगरपालिकालाई अब यसपछि हाम्रो कुनै स्वामित्व नरहने भनेर मञ्जुरीनामा पनि दिइसक्नु भयो । अनि महानगरपालिकाले पनि छुट्टै आर्थिक र प्राविधिक मूल्याङ्कन गरेर, सहरी विकास भवनबाट पनि यकिन गरेर । सरकारी मान्यताप्राप्त लेखापरीक्षण गराएर सबै प्रस्ताव बनाएर हामीले खेलकुद मन्त्रालयमा प्रस्ताव गरेका छौँ । संघीय खेलकुद मन्त्रालयले सबै विषयमा अध्ययन गरेर सरकारले यकिन गर्छ र आफ्नो प्रस्ताव बनाएर मन्त्रालयले क्याबिनेटमा लाने तयारी गरेको छ ।
तटबन्धको अरबौँ रुपैयाँ आएको भन्ने छ त्यो चाहिँ कहाँ हो ?
यो बजेट महानगरपालिकाको गोलाघाट सबैभन्दा अन्तिम बिन्दुमा हो । राप्ती र नारायणीको संगमस्थल पनि हो । त्यहाँदेखि नारायणी नदीको तीरसम्मको तटबन्धको योजना हो । अहिले त्यसलाई ४ वटा प्याकेजमा विभाजन गरेको छ । २ वटा प्याकेजमा ठेक्का भइसकेको छ । २ वटा प्याकेजमा एक दुई दिनमा ठेक्का आव्हान हुँदैछ । वर्षौंदेखिको नारायणी नदीको समस्या अब हल हुने सुनिश्चित भयो ।
फोहोर व्यवस्थापनको लागि हामीले दीर्घकालीन समस्या समाधानका लागि देशकै आधुनिक ल्याण्डफिल साइट बनाउँदैछौँ । कोरियन सरकारको १ सय प्रतिशत अनुदान १ अर्ब २५ करोड अनुदान दिएको छ । कोरियन सरकारले निर्णय गरिसकेको छ । यसका लागि पहिलो चरणको सम्झौता भइसकेको छ । डीपीआर पनि भइसकेको छ ।
भरतपुरमा सुकुमबासी र अव्यवस्थितको समस्या चाहिँ कस्तो छ ?
यो समस्या पनि धेरै ठूलो छ । सुकुमबासीको बारेमा महानगरपालिकाले लगत सङ्कलन गर्यौँ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन हामीले गरेका छौँ । २९ वटै वडाको तथ्याङ्क अनुसार १० हजार २९ जनाको हाराहारीमा हामीले भूमिहीन रहेको पायौँ । अहिले महानगरपालिकाले सुकुमबासीलाई निस्सा प्रमाण हामीले दिएका छौँ । निस्सा प्राप्त गरेका भूमिहीनहरूको जग्गा नापजाँच अहिले भइरहेको छ । हिजोमात्रै वडा नम्बर २ मा हामीले पूर्जा पनि दियौँ ।
अन्य उल्लेखनीय काम के छ ?
मैले धेरै काम गरेको छु । मैले एक घण्टा भन्दा पनि पुग्दैन । शिक्षा, पर्यटन, कृषि, सहकारी, पूर्वाधारको क्षेत्रमा थुप्रै काम भएको छ ।
फोहोर मैला व्यवस्थापनको काम कसरी भइरहेको छ ?
फोहोर व्यवस्थापनको लागि हामीले दीर्घकालीन समस्या समाधानका लागि देशकै आधुनिक ल्याण्डफिल साइट बनाउँदैछौँ । कोरियन सरकारको १ सय प्रतिशत अनुदान १ अर्ब २५ करोड अनुदान दिएको छ । कोरियन सरकारले निर्णय गरिसकेको छ । यसका लागि पहिलो चरणको सम्झौता भइसकेको छ । डीपीआर पनि भइसकेको छ । अब छिटोभन्दा छिटो निर्माण कार्य सम्पन्न गर्ने गरी दोस्रो चरणको सम्झौता हुँदैछ । नेपाल सरकार संघीय सरकार अर्थ मन्त्रालय, कोरियन सरकार र स्थानीय सरकारको बीचमा पटकपटक बैठक बसिराखेको छ । सरकारले पनि जिटुजी मोडलबाट अगाडि बढाउनका लागि पनि पत्राचार पनि भइरहेको कारणले गर्दा छिटोभन्दा छिटो देशकै आधुनिक ल्याण्डफिल साइड बनाउने काम अगाडि बढेको छ ।
भरतपुर महानगरपालिकामा नेकपा माओवादीसँग चुनावी गठबन्धन गर्न नेपाली काँग्रेस तयार छैन भन्ने काठमाडौँमा चर्चा छ । के छ भरतपुरको अवस्था ? महानगरपालिकामा काँग्रेस र माओवादीबीच फेरि गठबन्धन हुन्छ कि हुँदैन ?
मैले भन्ने भन्दा पनि गठबन्धनमा रहनुभएका पार्टीहरूले भन्ने कुरा हो । एउटा पार्टीलाई आवश्यकता भएर मात्रै गठबन्धन हुने मात्रै पनि होइन । गिभ एण्ड टेकको अवस्था भएर मात्रै गठबन्धन हुने हो । हिजो पनि माओवादीको आवश्यकताले मात्रै भएको हो र ? रेणुलाई यत्तिकै मेयर दिएको हो र ? उहाँहरूलाई पनि फाइदा भएरै त गठबन्धन भएको हो नि ।
हामी हिजो पनि सिंगल लड्न तयार भएकै थियौँ । अहिले त झन् राम्रो अवस्था छ हामी एक्लै पनि लड्न सक्छौँ नि । जनताले विकास निर्माणको र कामको मूल्याङ्कन गर्ने हो भने त भोट हाल्नुपर्यो । अहिले हामीलाई धेरै सहानुभूति र माया, साथ, सहयोग गर्नेहरू बढेका छन् । जसरी टीकाटिप्पणी भइरहेको छ । त्यो मलाई राम्रो लागिरहेको छैन । पहिलो कुरा स्पष्ट सम्बन्धित पार्टीलाई फाइदा हुने भएरै गठबन्धन हुने हो । गठबन्धन नभए चुनाव नलड्ने भन्ने पनि होइन । खतरा त अर्को पक्षलाई पनि छ । विकल्प त धेरै हुन्छन् नि ।
यसो भन्दै गर्दाखेरि अर्को ढंगले राजनीतिक मोडियो भने घाटा छ उहाँहरूलाई फेरि हुँदैछ नि । माओवादीलाई मात्रै होइन गठबन्धनको आवश्यकता नेपाली काँग्रेसलाई पनि छ । १६५ सिटमा २३ सिट जितेको त हो काँग्रेसले । अहिले देशको बागडोर जिम्मा लिइरहेको छ कसका कारणले हो ? गठबन्धन नबन्दासम्म चर्चा परिचर्चा हुने विषय सामान्य कुरा हो । आकांक्षा हुने कुरा पनि सामान्य कुरा नै हो । क्रिया प्रतिक्रिया हुने कुरा पनि स्वाभाविक विषय हो । तर, निर्णय त पार्टीहरूले नै गर्ने हो ।
गठबन्धन गर्दा मेयरमा काँग्रेसलाई दिनुपर्यो भने ?
भरतपुरमा धेरै काम गरिएको छ । यसलाई अझै धेरै ब्यूटिफिकेसन गर्ने कामको सुरुवात भएको छ । यो काम सम्पन्न भइसकेको छैन । स्मार्ट सिटी बनाएर देखाउने मेरो रहर, धोको र सङ्कल्प छ । त्यसलाई पूरा गर्न गठबन्धनको चक्करमा लाग्ने कि नलाग्ने भन्ने विषयमा चाहिँ पार्टीले निर्णय गरेर अगाडि बढ्नुपर्छ ।
रातोपाती बाट साभार