काठमाडौं- सरकारले एसिड आक्रमण र यौनहिंसाबिरुद्ध अध्यादेश ल्याउने भएको छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमण र यौनहिंसाबिरुद्ध अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएसँगै एसिड आक्रमण र यौनहिंसा पीडितलाई कारवाही गर्न समस्या पर्ने देखिएसँगै सरकारले यी दुई अध्यादेश जारी गर्न लागेको हो ।