काठमाडौँ – भारतीय आयाल कर्पोरेसन (आइओसी) पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । प्राप्त मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

नेपाल आयाल निगमका अनुसार पछिल्लोपटक अप्रिल १ मा आइओसीले डिजेलमा प्रतिलिटर ०.०२ रुपैयाँ, मट्टितेलमा २२ रुपैयाँ १९ पैसा र हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसा मूल्य बढाएर पठाएको छ । यस्तै, पेट्रोलमा १ रुपैयाँ ४८ पैसाले घटेको छ ।

यसैगरी खाना पकाउने एलपी ग्यासमा अधिकतम २७३ रुपैयाँ ३८ पैसा मूल्य बढेर आएको निगमले जनाएको छ । अहिले निगमको पाक्षिक (१५ दिन)को घाटा पाँच अर्ब २१ करोड रहेको निगमले जनाएको छ ।

यस्तो घाटा पेट्रोलमा प्रतिलिटर २७ रुपैयाँ ७ पैसा, डिजेलमा ३२ रुपैयाँ १७ पैसा, मट्टितेलमा १ रुपैयाँ ९९ पैसा, हवाई इन्धनमा १२ रुपैयाँ ८४ पैसा (आन्तरिक), ६१ रुपैयाँ ७३ पैसा (बाह्य) र एलपी ग्यासमा प्रतिसिलिण्डर ९५३ रुपैयाँ ६६ पैसा घाटा रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय