१. विदेशबाट नेपाल प्रवेश गर्ने यात्रीले कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्नेछ। कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको प्रमाणपत्र पेश गर्ने यात्रुले कोभिड-१९ पि सि आर परीक्षण गर्नु पर्दैन। तर सम्बन्धित एयरलाइन्सहरुको समेत आ-आफ्नै नीति हुने भएकाले आफूले टिकट काट्नुभएको एयरलाइन्समा समेत सम्पर्क गरेर मात्रै यात्रा गर्नुहुन अनुरोध छ ।

२. कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप नलगाएका यात्रुहरुले ७२ घण्टाभित्र कोभिड-१९ परीक्षण गरेको फोटो एवं बारकोड/QR Code सहितको पि.सि.आर. नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ

३. एयरपोर्ट प्रस्थान गर्नुपूर्व CCMC फर्म भरी (CCMC फर्मको लागि यहाँ क्लिक गर्नुहोस) र सो को वारकोड सहितको स्क्रिन फोटो लिनुहोला र प्रिन्ट गर्नुहोला।
नोटः नेपाल जाने टिकट कन्फर्म गर्नुपूर्व आफुसँग भएका कागजातहरु (राहदानी/ट्राभल डकुमेण्ट/भीसा/चेक आउट मेमो) को मान्य अवधी ख्याल गर्नुहुन समेत अनुरोध गरिन्छ।

अतिआवश्यक सेवाको लागि राजदूतावासको हटलाईन ‌‍+६०१६२४७२७७७ मा सम्पर्क गर्नुहुन अनुरोध छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय