कर्मचारीमाथि गण्डकी पदेशका खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले हातपात गरेका छन्।
मङ्गलवार मनाङेले अधिकृत प्रकाश ओझामाथि कार्यालय छुट्टी हुने समयमा हातपात गरेका हुन्। घटनाको कारणबारे आधिकारिक जानकारी बाहिरिएको छैन । कुटपिटबारे मन्त्रालयकै कर्मचारी खुलेर बोल्न मानेका छैनन् ।
कुटिएका कर्मचारी ओझाको मोबाइल स्विच अफ छ । ओझा अस्पतालमा उपचाररत रहेका जानकारी प्राप्त भएको छ । मन्त्री मनाङेले पनि यस विषयमा बोल्न मानेका छैनन् ।
युवा स्वरोजगारसम्बन्धी कार्यविधि निर्माण गर्ने क्रममा विवाद भएपछि मन्त्रीले हात हालेको बताइएको छ । डेढ वर्षअघि पनि मनाङेले कास्की एन्फा अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए । तत्कालीन समयमा उनलाई प्रहरीले पक्राउ गरेर धरौटीमा रिहा गरेको थियो ।