काठमाडौं । सरकारले लामो समयदेखि रिक्त रहेका विभिन्न २० देशमा राजदूत सिफारिस गरेको छ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र सेवा सहित अन्य विभिन्न क्षेत्रबाट राजदूत सिफारिस गरेको हो। सिफारिस व्यक्तिहरू संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राजदूत नियुक्त हुनेछन्।