मलेशियाले गैरकानुनी हैसियतका कामदार लाई अस्थायी श्रम स्वीकृति दिने भएको छ। मंगलबार बिदेशी एबम गैरकानुनी कामदार बारे समसदिय समितिको बैंठक पछी मलेशियाका उप प्रधानमन्त्री अहमद जहिद हमिदिले उक्य कुरा बताएका स्थानीय संचार माध्यमहरुले जनाएका छन।

मलेसियाले गत बर्ष जनवरीमा समसोधित बजेट भाषण सङै गैरकानुनी आप्रवासी कामदारलाई बैधता दिने कार्यक्रम घोषणा गरेको थियो। त्यसपछि गतबर्ष अप्रील-१५ देखि पुन: भर्ना एबम स्थान्तरण कार्यक्रम मार्फत दर्ता भइ योग्य हुने कामदार लाई निर्माण क्षेत्रमा रोजगारीमा लगाईएको थियो। त्यति बेला रोजगारीका विभिन्न थप १७ साहयक क्षेत्रहरु खुला गरिएको थियो।

त्यसपछि गैरकानुनी कामदार लाई बैधता हुन दिएको समयावधि सकिएको झन्डै तीन साता पछी मलेसियाले यस्तो निर्णय गरेको हो। औद्योगिक क्षेत्रहरुमा भएको माग पुर्ती गर्न र गैरकानुनी कामदारको सङ्ख्या घटाउन यस्तो अवसर दिन लागेको बताईएको छ। यो निर्णय लागू भएमा यहाँ गैरकानुनी अवस्थाका हजारौं नेपाली कामदारले बैधता लिएर रोजगारी पाउने अनुमान गरिएको छ।

यद्यपि यो निर्णय मलेसियाली महान्यायाधिवक्ताको कार्यालयबाट कानुनी प्रक्रिया बारे टुंगो लागिसकेको पछी मात्र लागू हुने जनाइएको छ। गैरकानुनी कामदारले बैधानिक हुन पूरा गर्नुपर्ने प्रक्रिया एबम शुल्क र समयावधि बारे पनि हाल केही सार्बजनिक गरिएको छैन। स्थानीय सन्चारमाध्यमका अनुसार रोजगार दाताले यश अघि बिदेशी कामदार लाई रोजगारी दिन अवलम्बन गरेको सामन्य प्रक्रिया अनुसार नै यसपालि पनि गैरकानुनी कामदार राख्न पाउने छन।

भने रोजगारदाताले कामदारको लेभी रकम र आवस्यक प्रक्रिया पूरा गरि कामदारका लागि अस्थायी श्रम स्वीकृतिका लागि आवेदन दिनु पर्ने छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय