लेटाङ्ग- दलित रास्ट्रीय मुक्ती मोर्चा लेटाङ्ग नगरकमिटीको प्रथम सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमका सभापतिमा नरेश पथिक रहेका थिए। प्रमुख अतिथिमा मोर्चाको १ नम्बर प्रदेश कमिटी सदस्य गोपाल नेपाली रहनु भएको थियो। पूर्ण खातीको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटि गठन भएको छ।
यसैगरी विशेष अतिथिमा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समितिका सह-इन्चार्ज हेम कार्की र मोर्चाका जिल्ला अध्यक्ष गोपाल नेपाली रहेका थिए। भने अतिथिमा नेकपा माओवादी केन्द्र लेटाङ नगर कमिटीका अध्यक्ष बिनोद नेपाल,सचीव भवानी लिम्बू, संघीय निर्वाचन क्षेत्र १”ख” का संयोजक भुपेश लिम्बू र माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य अर्जुन लिम्बु रहेका थिए।
समारोहलाइ लाई सम्बोधन गर्दै मन्तव्यका क्रममा सबै अतिथि गणहरुले नेपालको ब्यावस्था परिवर्तनमा दलितहरुको ठूलो त्याग, तपस्या र योगदान रहेको बताए। जातीय छुवाछूत प्रथा मुक्तिको आन्दोलन र भेदभाव रहित समाज निर्माणको अभियानमा तत्कालीन नेकपा माओवादीको नेतृत्वमा संचालित १० बर्षे जनयुद्धमा दलितहरुको बृहत सहभागिताले नै सफल भएको पनि बताएका छन।
-दलितको मुक्ति माओवादीकै कारण भएको हो।
नेकपा माओवादी केन्द्र लेटाङ नगर कमिटी अध्यक्ष बिन्द नेपालले दलितहरूको हक अधिकार र जातीय मुक्ती माओवादी आन्दोलनले स्थापित गरेको बताएका छन। २०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले राजतन्त्रको बिरुद्ध ससस्त्र जनव्रि्रोह सुरु गर्दा उच्च कथित जातिय अहङ्कारबादी समुदायबाट दलितहरुले मुक्ती पाएको बताए।
लामो समय पित्री सत्तात्मक राज्य ब्यावस्थाबाट पीडित दलित समुदाय बाट हेपिएर हजारौं बर्ष पछि जातीय छुवाछूतको अन्त्य गर्दै माओवादीकै नेतृत्वमा दलित आरक्षण तथा सुबिधाको ग्यारेन्टी गरेको बताए। उनले भने” कामकै आधारमा राज्यले दलित बनाई दियो। मानव सबै एक हो। वर्ण ब्यावस्थालाई हटाउन माओवादीले ठुलै त्याग गरेको छ। दलितहरुकै सहभागीताले उच्च वर्ण ब्यावस्था लाई परास्त गरेर नया ब्यावस्था कायम भएको छ।
यसैगरी नेपालमा करिब ६० लाख दलितहरुको हक र अधिकारका लागि दलितहरु जाग्नु पर्ने माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हेम कार्किले बताउनु भएको छ। दलितहरु लाई आज कोटा प्रणालीको ब्यावस्था आरक्षणको सुबिधा र १२ कक्षा सम्म निशुल्क अध्यनको ब्यावस्था माओवादीले कार्यनयनमा ल्याएको हो।”उनले भने”
सुभकामना मन्तव्यको क्रममा नव निर्वाचित कमिटी लाई बधाई दिदै कार्किले भने” दलित हक अधिकार र सेवा सुबिधा ग्यारेन्टीका लागि देसैभरका दलितहरु यो चुनाबी अभियान लाई साथ दिन आवस्यक छ। अब सेतो सट मात्र लाउनेले राजनीति गर्नु भन्ने छैन। अब दलितहरु पनि राजनीतिक रुपमा सक्रिय भएर अगाडि बढ्नु पर्छ।