मलेसिया – गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाले मे १, तारिख श्रमिक दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा आफ्नो नयाँ कार्यलय समु उद्घाटन गर्ने कार्यक्रम रहेकोले हिजो बुधबार बेलुका ७: ५५ मा श्रममन्त्री कृष्णकुमार श्रेष्ठ मलेसिया आएको हुन् ।

बुधबार साझ ०७:५५ बजे थाई एयरलाइन्सबाट मलेसिया आइपुग्नु भएका श्रममन्त्री श्रेष्ठलाई मलेसियास्थित अन्तर्राष्ट्रिय विमानस्थल केयलआईएमा नेपाली राजदूतावास मलेसियाका उपनियोग प्रमुख मोतीबहादुर श्रीस, श्रम सहचारी प्रकाश पन्थी, त्यस्तै गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापा, उपाध्यक्ष हेमराज सापकोटा, युवा संयोजक अरुण गिरी, एनआरएनए मलेसियाका केन्द्रीय सदस्य तथा समाजसेवी बिमल राना, सामाजिक अभियान्ता जनक खड्का, लगायतले स्वागत गर्नुभएको छन् ।

मे १, तारिख आईतबार मलेसिया स्थिति क्वालालम्पुरमा रहेको नेपाली राजदुतावास प्रगानमा श्रमिक हरुलाई शुभकामना दिने र श्रमिक हरु संग अन्तरक्रिया कार्यक्रम गर्ने साथै एनआरएनएको नयाँ कार्यालय उद्घाटन गर्ने र श्रमिक दिवस मनाउनुको साथै नेपाली नयाँ बर्ष बिक्रम सम्बत् २०७९ सालको शुभ उपलक्ष्यमा एक आपसमा शुभकामना आदानप्रदान समेत गरिने कार्यक्रम तय भएको एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले बताउनुभयो ।

एनआरएनए मलेसियाले आफ्नो स्थापनाकालदेखिनै मलेसिया कार्यरत लाखौंलाख नेपाली श्रमिक मध्यका पीडित, दुखि, जेल परेका, अपांग, बिरामी लगायतका नेपाली श्रमिकहरुलाई आर्थिक भौतिक रुपमा सहयोग गर्दै आईरहेको र आगामी दिनमा नेपाली श्रमिकको समस्या समाधान गर्न सजिलो होस् र सहयोग पुगोस् र श्रमिकलाई उद्दार गर्न सजिलो होस् भन्ने हेतुलेनै आफ्नो कार्यालय उद्घघाटन गर्न लागेको एनआरएनए मलेसिया अध्यक्ष थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय