नेपाली काङ्ग्रेस र माओवादी केन्द्र तर्फ लेटाङ नगर प्रमुख गठबन्धनका उम्मेदवार ज्ञानेन्द्र ढकालले लेटाङका जन्तालाई झुक्याउने गरेको बताए। बैशाख ३० गते सम्पन्न हुने निर्वाचनका लागि घरदैलो कार्यक्रममा लेटाङ्गका समला पुगेका ढकालले एमालेले आफू माथी नियोजित रुपमा लान्छना लगाएको बताए।
“उनले भने” एमालेले ज्ञानेन्द्र ढकाल बिराटनगरको मान्छे हो भोट दिन हुन्न भन्दै छ रे त्यसो होइन। मलाइ ब्यक्तिगत रुपमा केही कमाउन छैन। मेरो पैत्रिक सम्पती छ। लेटाङ्गमा छ, काठमाडौमा घर छ, फडानिमा छ, खेरुवामा छ। त्यसो भएको हुनाले मैले जहाँ सुते पनि हुन्छ। एमालेलाई सोध्न पर्दैन।
हार मानसिकता लिएर एमालेले गठबन्धनका उम्मेदवार विरुद्ध बोल्दै छ रे उनिहरुले फैल्याएको भ्रम हामिले चिर्नु छ, बिजय गरि पठाउनुहोस, हामी लेटाङ्ग लाई आधुनिक शहर बनाउने छौ। उनले भने केपि ओलिका चम्चाहरुले मेरो बिरुद्ध गरेको सडयन्त्र र गठबन्धन विरुद्ध बोलेको छन, हामी त्यो भ्रम चिर्छौ।
केन्द्रिय सरकार सम्म मेरो पहुच छ।लेटाङ्गको बिकासमा योगदान दिन र तपाईहरुको सेवा गर्ने मौका दिनुहोस। कसैलो लालचमा परेर एमाले जस्तो अपराधी पार्टी लाई गल्तिले पनि मत नदिनुहोस।उनले थपे।