लेटाङ्ग- लेटाङ्ग नगरपालिकाका पुर्ब प्रमुख शंकर राईले लेटाङ्गका अव्यवस्थित बसोबास र सुकुम्बासी लाई लालपुर्जा गठबन्धनको स्थानीय सरकारले वाड्ने बताएका छन।

मंगलबार नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त बृहत् चुनाबी सभामा एमालेका मेयरका प्रत्यासी भुपेन्द्र लावतीले लालपुर्जा बाड्छौ भनेर जन्तामा भ्रम फैल्याउने गरेको बताए। लेटाङको बिपि चोकमा भएको संयुक्त चुनाबी लाई सम्बोधन गर्दै लेटाङका एमालेहरु लाई संयम भएर निर्वाचन जित्न आग्रह गरेका छन।

जन्तामा भ्रम फैल्याएर विभिन्न प्रलोभन देखाएर होइन, स्वच्छ प्रतिस्पर्धा मार्फत निर्वाचन जित्न अनुरोध गरे।नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति समेत रहेका राईले भने एमालेले एउटा कैँची पनि बाडेको छैन, उसले लालपुर्जा बाढ्ने कुरा गर्छ यो भन्दा लजास्पद के हुन सक्छ? यस्तै बिपन्न बर्गका नागरिकलाई ५०% सहुलियत दरमा उपचार पाउने बिमाको ब्यावस्था नेपाली काङ्ग्रेस नेतृत्वका मेयरले गरेको हो।

अब गठबन्धनको सरकारले बाकी रहेका बिकासका काम लेटाङमा गर्नु छ। यसकारण पनि गठबन्धनका सबै उम्मेदवार लाई बिजय गराउनु “पर्छ राईले भने”।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय