एमालेका कार्यकर्ता विपक्षीमाथि गुन्डागर्दी शैलीमा आक्रमणमा उत्रिएको छ । धेरै ठाउँमा उम्मेदवारमाथि नै आक्रमण गरिरहेको छ । सर्लाहीको बलारा नगरपालिका ४ का कांग्रेसका वाडाध्यक्ष उम्मेदवार मणिभुसन सिंहमाथि पनि सांघातिक आक्रामण गरेको छ । गएराति एमालेका कार्यकर्ताले कुटपिट गर्दा सिंह सख्त घाइते भएका छन् । उनको टाउकोमा गहिरो चोट लागेको छ भने अनुहारमा पनि चोट लागेको छ । यस्तै एमालेका कार्यकर्ताको कुटाइबाट सिंहको हात पनि भाँचिएको छ । कांग्रेस नेता अमरेशकुमार सिंहले एमाले पराजित हुने देखेर गुन्डागर्दीमा उत्रिएको बताए । उनले भने,‘कांग्रेसका उम्मेदवार सिंहलाई एमालेका कार्यकर्ताले मरणासन्न हुनेगरी कुटपिट गरेर मर्‍यो भनेर फालेर हिँडेछन्, एमालेका कार्यकर्ता हिँडेपछि स्थानीय उद्दार गरी उपचार गराउन अस्पताल लगेछन्।’ यति मात्रै होइन एमालेका कार्यकर्ता अहिले ठाउँठाउँमा मतदातालाई लोभ्याउनका लागि कि त पैसा बाँड्ने कि त कुटपिट गर्दै हिँडिरेहका छन् । प्रहरीले महिला मतदाता रिजाउनका लागि बाँड्न ठिक्क पारेको एक बोरा साडी नै बरामत गरेको थियो भने पैसा बाँड्दै गरेको अवस्थामा सुर्खेत लगायतका थुप्रै ठाउँबाट पक्राउ गरिरहेको छ । यसका साथै एमालेका कार्यकर्ता समूह बनाएर हिँड्ने र विपक्षी उम्मेदवार भेट्ने वित्तिकै आक्रमण गर्ने गरिरहेका छन् । कञ्चनपुरमा पनि एमालेका कार्यकर्ताले आफन्तको घरमा बसिरहेका माओवादीका उम्मेदवारलाई आक्रमण गरेका थिए ।

समचार दैनिक अनलाइन बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय