मलेशिया इमिग्रेशनले अबैधानिक हरु को लागि ३० जुन २०२२ देखी RM ५०० तिरेर रिकेलिब्रेशन बाट सजिलै घर फर्किने बाटो बन्द गर्ने भएको छ ।
हाल अबैधानिकलाई रिकेलिब्रेशन कार्यक्रम बाट नेपाल फर्किंदा लगभग RM २४०० सम्म लाग्ने गरेको छ।
यस रिकेलिब्रेशन कार्यक्रमको अन्त्य पछि RM ३१०० सम्म पेनेलती तिर्नु पर्ने हुन्छ।
जसमा विमानको टिकट र अन्य खर्च जोड्दा लगभग ४५०० सम्म लाग्ने छ।
मलेशियामा भिसा सके पछि ३० दिन सम्म अबैधानिक बस्ने लाई RM ३० प्रति दिन ले १ महिनाको लागि RM ९०० तिर्नु पर्छ र SPECIAL PASS को छुटै RM १०० लाग्छ।
त्यस्तै ६ महिना देखी ३ वर्ष सम्म अबैधानिक मलेशिया मा बस्ने लाई RM २००० र SPECIAL PASS को छुटै RM १०० लाग्छ।र ३ वर्ष भन्दा माथि ३००० र SPECIAL PASS को छुटै RM १०० लाग्छ।
मलेशिया मा ६ महिना भन्दा बढी अबैधानिक बसेर घर फिर्ती कार्यक्रम रिकेलिब्रेशन बाट नेपाल फर्किंदा स्वत ५ वर्ष प्रतिबन्द लाग्छ।