काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा एमाले नेता पक्राउ परेका छन् । चाबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा क्यम्पसका कोआडिनेटर समेत रहेका एमाले नेता जनार्दन अधिकार पक्राउ परेका हुन् ।
काभ्रे घर भएका अधिकारी एमाले नेता हुन् । उनी पूर्व सञ्चारमन्त्रीको मिडिया विश्लेषकका पनि नियुक्त भएका थिए । नेकपा एमालेको काभ्रे जिल्ला समितीले उनलाई २०७४ मा प्रदेश सभा सदस्यमा सिफारिस गरेको थियो ।
कलेजका विद्यार्थीले आन्दोलन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । समाजिक विषय पढाउने शिक्षक समेत रहेका कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीको आन्दोलनमा उत्रिएका छन् । पटकपटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् ।
उनीहरुले मंगलबार बिहान कलेज परिसरमा प्रदर्शन गरेका थिए । त्यसपछि उनीहरू महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।