क्वालालम्पुर- मलेशिया नेपालीहरुको प्रमुख वैदेशिक रोजगार गन्तव्य मध्येको एक गन्तव्य देश हो। रोजगारीकै लागी लाखौँ नेपाली मलेशिया आउने जाने गरिरहन्छन् ।
रोजगारीको लागी मलेसिया पुगेका केहि नेपाली भने परिवारको सम्पर्कबाट टाढा हुने गरेको विभिन्न घट”ना क्रम र अध्ययनहरुले देखाएका छन्।
वैदेशिक रोजगारीको क्रममा रोजगारदाता कम्पनी छाडी अवैधानिक बन्नु , विभिन्न मु”द्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमु”टाव, रोजगारीकै क्रममा विदेशमा मृ”त्यु, दु”र्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले ब”न्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट विदेशिएका नेपाली युवा,युवतीहरु परिवारको सम्पर्कमा नआएका बुझिएको छ।
आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रियाशील संस्था प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा पछिल्लो ६ वर्षको अवधिमा परेको उजुरीअनुसार वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा पुगेकामध्ये २०० नेपाली परिवारको सम्पर्क बाहिर छन् । यो त उजुरी परेकाको मात्र संख्या हो । अन्य उजुरी नपरेका धेरै नेपालीका परिवार अझै आफ्ना आफन्त कुरेर बसिरहेका छन्।
मु”स्लिम देश भएर पनि मलेशियामा कानुन निकै खुकुलो छ । यहि खुकुलो कानुनको फाईदा उठाएर मलेशिया पुगेका केहि नेपालीहरु मोजमज्जा र रस-रमाईलोमा भुल्ने गरेका छन् । विशेष गरि विदेशी कामदारहरु लक्षित गरेर संचालन गरिएका होटल, दोहोरी, क्लब, मिनी क्यासिनो, यौ”न अड्डा लगायतका कारण धेरै नेपाली युवाहरु कु”लतको दलदलमा फ”सिरहेका छन् ।
मलेशियाको केएल, केलांग, पेनांग, पेराक, जोहोरबारु लगायतका शहरहरुमा नेपाली श्रमिकहरुलाई नै लक्षित गरेर हजारौं होटल रेष्टुराँ र मसाज सेन्टर संचालन गरिएका छन्।
यि होटल रेष्टुराँ तथा क्लबहरुमा युवाहरुलाई आकर्षित गर्नकै लागी महिला कामदारहरु राखिएका हुन्छन् । परिवार र श्रीमती छोडेर जवानीमा विदेश भाशिनेहरु यिनै महिला कामदार संग जिस्कने र रमाईलो गर्न पाउने आसमा ति होटल रेष्टुरा पुग्नेगरेका छन् । नेपालीहरुद्वारानै संचालित यस्ता होटल रेष्टुराँहरुमा युवाहरुलाई आकर्षित गर्नको लागी नेपाली युवतीहरु नै प्रयोग हुनेगरेको पाईएको छ। वेटरका रुपमा कार्यरत यस्ता युवतीहरु कमाई बढाउन यौ” न धन्दामा संलग्न हुनेगरेको पाईएको छ।
विशेष गरेर नाच्नको लागी भन्दै मलेशिया पुर्याईएका र कम्पनी छोडेर ईलिगल भएका नेपाली युवतीहरु यस्ता ध”न्दामा लाग्ने गरेका छन् । आइतबार र छुट्टिको दिन प्रायः नेपाली केटा र केटीले त्यहाँका लजहरु भरिने गरेको छ ! , ‘केलागं, कोताराया, पेनांग, जोहर, बतुपाहक जस्ता ठाउँ यौ”न व्यापारी केन्द्र हुन् । यहाँसम्मकी नेपाली केही होटलहरुले पनि केलागं, क्वालालम्पुर कोताराया, पेनांग, जोहर, बतुपाहक लगायत ठाउँहरुमा यौ”न व्यवसाय चलाइएको पाइन्छ।
सुरु सुरुमा महिनाको एकदुई पटक यस्ता ठाउँमा पुग्ने नेपाली युवाहरु बिस्तारै यसको लतमा फ”स्न पुग्छन । कमाएको पैसा यस्तै काममा सकिन थालेपछि उनीहरु बिस्तारै परिवारको सम्पर्कमा आउन छोड्छन् । घरमा फोन गर्दा पैसा माग्ने, पैसा कता खर्च गरिस् भन्दै सोधखोज हुने भएपछी घरमा फोन गर्ने छोड्ने र उतै बे”पता हुने क्रम बढ्दो छ।
अझ मलेशियामा संचालन गरिएका यौ”न कोठीहरूमा धाउने नेपालीहरुको कहानी छुट्टै छ । कमाएको पैसा सबै यस्ता कोठीहरूमा सिध्याउने नेपाली युवाहरु मलेशियामा हजारौ छन् । यस्ता को”ठीहरूमा तिगा-पोलो (३० रिंगेट ) देखि बार्गेनिंग सुरुहुने नेपालीहरु नै बताउँछन् । यिनै को”ठीहरूमा भुलेर घर बर्सने नेपाली मलेशियामा थुप्रै छन्।
अर्को कारण मलेसियन,ईन्डोनेशियन,भियतनाम, थाइल्यान्ड लगायतको देशको युवतीसंगको प्रेम : :
नेपालीहरु रोजगारीको लागी मलेशिया गए जस्तै रोजगारीकै लागी मलेशिया आउने ईन्डोनेशियन , भियतनामी , थाइल्यान्डका युवतीहरुको संख्या ठुलो छ । विशेष गरि हल्का सामान उत्पादन हुने कम्पनीहरुमा यी देशहरुका युवतीहरु कार्यरत छन् ! तिनै ईन्डोनेशियन , भियतनामी, थाइल्यान्ड लगायत स्थानीय मलेसियन युवतीहरु संग काम गर्ने नेपाली युवाहरु प्रेमको द”लदलमा फसेर घर बिर्सनेगरेको मलेशियाकै शाहालाममा रहेको पानासोनिक कम्पनीमा कार्यरत मकवानपुरका पूर्ण गोलेले बताए।
आफु संगै काम गर्ने धेरै नेपाली युवाहरु ईन्डोनेशियन युवतीहरु संग प्रेममा परेर लिभिंग टुगेदरमा बसिरहेको उनको भनाई छ । यसरी बस्न थालेपछि कमाएको तलब उतै सकिने र पैसा पठाउन नसकेपछि घरमा सम्पर्क टुट्ने गरेको छ । केहि नेपालीहरु यिनै ईन्डोनेशियन , भियतनामी , थाइल्यान्ड र स्थानीय युवती संगको प्रेमको द्व”न्दको कारण पनि बे”पता हुनेगरेका छन्।
मलेशियामा रहेका भारतीय मुलका मलेशियन युवाहरु र नेपाली युवाहरुको युवती रोजाई जु”द्धा बेलाबखत नेपालीहरुले ज्यान गु”माउने र बे”पत्ता हुने क्रम पनि बढेको छ। आफुले मनपराएका युवतीलाई नेपाली युवाले मनपराएको वा जिस्काएको थाहा पाएमा भारतीय मुलका मलेशियन ( तामिल) हरुले गौडा ढुकेर आ”क्रमण गर्ने गरेको घट”ना मलेशियन कम्पनीहरुमा सामान्य जस्तै हो।
घरपरिवारको रोजीरोटी र सुन्दर भविष्य निर्माण गर्न विदेशिएका नेपाली युवाहरु यस्तो दलदलमा फस्दा घरमा रहेका परिवारका सदस्यहरुलाई निकै ठुलो पि”डा हुने गरेको छ । परिवारले आफ्नै तरिकाले खोजबिन गरिरहेपनि विदेशी भूमिमा हराइरहेको कामदारका बारेमा पर्याप्त विवरण नहुँदा खोजीकार्यमा चुनौती हुने गरेको छ ।
यस्तै कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजीकार्य गर्न अप्ठयारो हुने गरेको छ।
गलत प्रेम सम्बन्धका कारण बि”च्चलीमा नेपाली युवतीहरु:
मलेशियामा कार्यरत नेपाली युवाहरु मात्रै हैन , नेपाली युवतीहरुको सङ्ख्या पनि अत्याधिकनै छ्न। यहाँ कार्यरत नेपाली युवतीहरु नेपाली युवाहरुसंगै बाङ्लादेश , पाकिस्तान , भारत , म्यानमार , मलेसिया लगायत विदेशी मुलका युवाहरुसंगको गलत प्रेम सम्बन्धले जेल पर्नेदेखि विभिन्न कानुनी सजायको भागिदार हुने गरेको तथ्यांक दूतावासमा सुरक्षित छ्न।
साथै अ”वैध प्रेम सम्बन्धले ग”र्भवती भैइ ग”र्भधारण गराउने र कतिपयले त आफैंले बच्चा ज”न्माएर मा”र्ने गरेको पाइएको छ। आफैंले जन्म दिएर ब”च्चा मा”रेकै घट”नामा मलेशियामा दुईजना नेपाली युवती पक्राउ परेर जेल सजाय समेत भोगेको घट”ना ताजै छ्न। अहिले पनि एकजना नेपाली युवतीले रुममै बच्चा जन्माएर मा”रेर पोको पारि पलास्टिक ब्यागमा राखेको आ”रोपमा प”क्राउ परेर जेल सजाय भोगिरहेका छ्न्। कतिपय त्यस्तो युवतीहरुलाई त रोजगारदाता कम्पनीहरुलेनै सुरक्षित साथ बेलैमा नेपाल फर्काइदिने गरेको बताईन्छ्।
मलेशियामा रहेका नेपाली युवा,युवतीहरु आफै सचेत नभएसम्म यस्ता घ”टनाहरुमा कमि नआउने देखिन्छ। यदि तपाई पनि मलेशियामा कार्यरत हुनुहुन्छ भने यस्ता कुराहरु बाट बचेर बस्नुहोला र सुरक्षित साथ बस्नुहोला। बेलैमा आफ्नो देश फर्किनुहोला।