मलेसियाको पानासोनिक कम्पनीले कामदारको न्युनतम तलब वृद्धि गर्ने बारे सकारात्मक रहेको समाचार सार्वजनिक भएको छ। मलेसिया सरकारले बिदेशी कामदारको लागि हालसम्म न्युनतम तलब आर.एम-१२०० बाट १५००  अनिवार्य गरेको छ ।

यो संगै मलेसियाको प्यानासोनिक कम्पनीले अब भने न्युनतम तलब वृद्धि गरेर सबैको १५०० को साटो १९०० बनाउने भएको बताइएको छ । जुन हालसम्मकै धेरै न्युनतम तलब रहेको बुझिएको छ।

मलेसियामा बिदेशी कामदारलाई राम्रो सेवासुबिधा दिने कम्पनी मध्य मलेसियाको पानासोनिक अग्रस्थानमा आउने गर्छ । मलेसियाको अन्य कम्पनीले न्युनतम तलब वृद्धि गरिरहेको बेला मलेसिया सरकारले तोके अनुसारको तलब दिनुपर्ने लाई दबाब मलेसियामा रहेको ठुला कम्पनीहरुलाई पर्दै गएको छ ।

सोही अनुसार Micron memory ले पनि अब कामदारको न्युनतम तलब वृद्धि गरेर आर.एम-१९०० बारे निर्णय लिएको बताइएको छ । स्थानीय संचार माध्यमका अनुसार कम्पनीले मे १ देखि नै सो बारे तलब प्रदान गर्मे बुझिएको छ ।

अहिले नेपालीको लागी मलेसिया रोजगार खुल्ला भैसकेको छ । करिब दुई बर्ष देखि बन्द मलेसिया रोजगार खुला भएको हो । मलेसिया रोजगार खुले संगै मलेसियाबाट धमाधम रोजगारको अवसरहरु आउन थालेका छन् ।

शुन्य लागतमा मलेसियाको विभिन्न कम्पनीमा रोजगारको लागि नेपालीको माग आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय