काठमाडौंः सरकारले कर्मचारीको तलब मासिक १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेको छ ।
आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले साउन एक गतेदेखि लागु हुने राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेका हुन् ।
हाल राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब ३९ हजार ९ सय ७५ रुपैयाँ रहेको थियो । राजपत्रांकित द्वितीय तहका कर्मचारीको तलब ४४ हजार ३ सय ५७ रुपैयाँ कायम थियो । राजपत्रांकित प्रथम तहका कर्मचारीहरुको तलब ५१ हजार ३ सय ६५ रुपैयाँ तलब थियो ।
सचिव (पेन्सन प्रयोजन) कर्मचारीको तलब ५४ हजार ५ सय ८२ रुपैयाँ थियो । राजपत्र अनांकित विशिष्ट सचिवको तलब ६४ हजार ६ सय ५२ रुपैयाँ कायम भएका थियो । मुख्य सचिव तहका कर्मचारीको ६८ हजार ४ सय ६ रुपैयाँ रहेको थियो ।