काठमाडौँ । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दाको बहस सकिएको छ । उच्च अदालतले आजै शाहलाई तारेखमा छाड्ने वा नछाड्ने निर्णय गर्ने भएको छ ।

जिल्ला अदालतले शाहलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएसँगै उनले बाहिर बसेर मुद्दा लड्न पाउने भन्दै उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । आज भएको सुनवाइमा शाहको पक्षबाट पाँच जना र ‘पीडित’को पक्षबाट उच्च सरकारी वकिलको कार्यालयबाट एक जनाले बहस गरेका थिए ।

पीडितले बयान फेरेसँगै जिल्ला अदालतमा पीडित नाबालिगको पक्षमा बहस गर्ने सबैले मुद्दाबाट हात झिकेका छन् । आज शाहको तर्फबाट कमलामोहन वाग्ले, भानुभक्त सुवेदी, माधव घिमिरे, जगदिश पाण्डे र मिलनध्वज शाहीले बहस गरेका थिए ।

यस्तै, पीडित पक्षको तर्फबाट सरकारी वकिल ईश्वरीप्रसाद ढकालले मात्रै बहस गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय