काठमाडौं । सरकारले ७५३ वटै स्थानीय तहका लागि बजेट हस्तान्तरणको सूची सार्वजनिक गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८०मा स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट छुट्याएको थियो । अर्थमन्त्री जनार्दन शर्माले गत १५ जेठमा बजेट संघीय संसद्मा पेस गरेका थिए । स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड, सशर्त अनुदानतर्फ १ खर्ब ८३ अर्ब ७२ करोड, समपुरक अनुदान तर्फ ७ अर्ब २७ करोड र विशेष अनुदानतर्फ ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Sandesh Prawah । सम्पर्क | हाम्रो बारेमा | Privacy Policy
Design and Developed by: EnterSOFT