क्वालालम्पुर- मलेसियामा जोहोर राज्यको तामनदया स्थित बेवारिसे अवस्था रहेका एक नेपालीको एनआरएन मलेसिया र नेपाली राजदुतावास मलेसियाको सहकार्यमा उद्दार भएको छ।
बेवारिसे अवस्थामा रहेका उक्त नेपालीको सामाजिक संजालमा पोस्ट भएको भिडियोलाई सुचना मानि गैर आवासिया नेपाली संघ केन्द्रिय समिति मलेसियाका (Non Resident Nepali) कोष- अध्यक्ष कृष्ण प्रसाद नेपालले उनका बारेमा जानकारी लिएका थिए।
वास्ताबिक पीडित हुन वा हैनन भन्ने प्रमाणीकरण भइ सकेपछि उनका उद्दारको लागि गैर आवासिय नेपाली संघलाई नेपालले उद्दारका लागि अनुरोध गरेका थिए। सो अनुरोधलाई अनुरोधलाई स्विकार्दै संघले पहल गरेको थियो।
प्राप्त जानकारी अनुसार चुहान डाडा-५ तेह्रथुम निवासी मेदानी प्रसाद योन्जनको टिकट खर्च संघले बिहोरेको छ। भने बिरामी सुधार सेवा केन्द्रमा लागेको खर्च नेपाली दूतावास मलेसियाले गरेको छ। र अन्य विविध खर्चमा तेह्रथुम सेवा समाज लगायत श्रमिकहरुले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेर उनका उद्दार गरि नेपाल फर्काइएको छ।