काठमाडौँ । लामो समयदेखि लगातार गिरावट हुँदै आएको शेयर बजारमा आज सुधार भएको छ । गिरावटसँगै दुई हजार नजिक आइपुगेको शेयर आज एकै दिन ६०.२२ अंकले बढेको छ ।
योँसगै बजार दुई हजार ८०.४४ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज एकै दिन १३ वटै उपसमूहमा सुधार आउँदै हरियाली भएको छ । आज सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ५.०३ प्रतिशतले वृद्धि भएको छ भने अन्य समूह ३.८५ प्रतिशतले, निर्जीवन बीमा समूह ३.८४ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, माइक्रोफाइनान्स समूह ३.६४ प्रतिशतले, हाइड्रोपावर ३.५७ प्रतिशतले, होटल तथा पर्यटन ३.४८ प्रतिशतले, ट्रेडिङ समूह ३.४७ प्रतिशतले, म्यानु एण्ड प्रो समूह ३.१६ प्रतिशतले, जीवन बीमा समूह ३.०६ प्रतिशतले र डेभलपमेन्ट बैंक ३.३ प्रतिशतले वृद्धि भएका छन् ।
बैंकिङ समूह २.११ प्रतिशतले वृद्धि हुँदा इन्भेष्टमेन्ट समूह २.९ प्रतिशतले वृद्धि भएको छ । २३१ कम्पनीका ५० लाख ५ हजार कित्तामाथिको सेयर बजारमा ३० हजारभन्दा बढीपटक किनबेच हुँदा आज एक अर्ब ६४ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।