देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

काठमाडौं । गठबन्धनका तीन शीर्ष नेताहरुले समसायिक राजनीतिक विषयमा छलफल गरेका छन्। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा बिहीबार दिउँसो कुराकानी भएको हो।

तीन नेताबीच प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति, मन्त्रिपरिषद् हेरफेर र गठबन्धनलाई कायमै राखेर अघि बढ्ने विषयमा कुराकानी भएको बुझिएको छ।

सरकारले आउँदो कात्तिक अन्तिम र मंसिर पहिलो हप्ताका लागि चुनावको मिति घोषणा गर्ने तयारी अघि बढाएको छ। दाहाल र नेपालसँग चुनावको मितिबारे देउवाले ठोस छलफल गरेका हुन्। उनीहरुबीच दिउँसो तीन बजेदेखि दुई घण्टाभन्दा बढी छलफल भएको छ।

त्यस्तै चुनावको मिति घोषणा हुनुअघि नै मन्त्रिपरिषद् हेरफेर गर्ने विषयमा पनि तीन नेताबीच कुराकानी भएको जनाइएको छ ।

एकीकृत समाजवादीले आइतबार नै आफ्ना मन्त्रीहरु हेरफेर गर्न प्रधानमन्त्री देउवासमक्ष नाम बुझाएको थियो। बाहिरिने मन्त्रीहरुकै असन्तुष्टि र बजेटमाथिको छलफल जारी रहेको भन्दै देउवाले अध्यक्ष नेपाललाई केही दिन पर्खिन आग्रह गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय