दाङः लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले एक जना अर्कै महिलाको श्रीमानलाई आफ्नो भन्दै दावी गरेकी छिन् ।
उनले तलुसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित वसोवास गर्ने एकराज बस्नेत आफ्नो श्रीमान भएको दावी गर्दै बस्नेतकी श्रीमती र छोरीमाथि हातपात गरेकी छिन् ।
आज बिहान करिब ८ बजे राज्यमन्त्री वलीले ती महिला र बालिकामाथि हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले उनलाई पक्राउ गरेको थियो ।
मन्त्री वलीले घरमा आएर बाहिरबाटै ‘गेट खोल्’ भन्दै चिच्याएको मीनाले जानकारी दिइन् । आफूले ढोका खोलेँ लगत्तै मन्त्री वली भित्र आएर मेरो एकराज खोई भन्दै कोठाको पर्दाहरु तानेर फालिदिएको मीनलो बताइन् ।
‘भित्र आउनासाथ मेरो एकराज खोई भन्दै कोठाको पर्दाहरु तानेर फालिदिइ । मैले किनिदिएको लुगा हो भन्दै मिल्काइदिइ । मेरो लुगा पनि च्यातिदिइ । अर्को कोठामा गएर स्कुल जान तयार भएकी मेरी छोरीलाई पनि हानिछे । एकराज मेरो पोइ हो भन्दै चिच्याएकी थिइ ।, मीनाले भनिन् ।’