शुन्य लागत अन्तर्गत मलेसियाबाट १३० नेपाली पुरुष कामदारको माग आएको छ । मलेसियाको जोहोर राज्यमा अवस्थित बी लियन प्लास्टिक कम्पनीले कामदार माग गरेको हो ।
शुन्य लागत अन्तर्गत मेडिकल चेक, भिसा, टिकेट, जीवन बिमा, अभिमुखीकरण तालिम शुल्क, सामाजिक सुरक्षा कोष बापतको सबै लागत रोजगारदाता कम्पनीले बिहोर्ने जनाएको छ ।
कम्पनीले कामदारको बिभिन्न सेवा शुल्क सहित मलेसियन सरकारले तोकेको आर.एम- १५०० न्युनतम तलब दिने विज्ञापनमा उल्लेख गरेको हुने छ ।भने यो मागपत्र एस.भी एसोसियट्स प्रालिमा आएको हो । फाइनल अन्तर्वार्ता असार ७-८ गते म्यानपावर कार्यालय बाँसबारी काठमाण्डौमा हुने छ ।
-थप जानकारीको लागी बिज्ञापन हेर्नुहोस