क्वालालम्पुर- भारतीय जनता पार्टी (भाजपा)की नेतृको नुपुर शर्मालाई समर्थन जनाउदै बातु केभ्सको मन्दिरमा भेला भएका पुरुषहरुको समूहले पोस्ट गरेको भिडियोमा संलग्न भएको आशंकामा चार नेपालीलाई मलेसियन प्रहरीले पक्राउ परेका छ। ईस्भालामिक धर्रमका दुत पैगम्बर मोहम्मदको अपमान गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
बुकित अमान आपराधिक अनुसन्धान विभाग (सीआईडी) का निर्देशक अब्द जलील हसनका अनुसार २५ देखि २७ वर्ष उमेर समुहका ४ जना नेपालीहरुलाई मेरु क्षेत्र, क्लांगबाट पक्राउ गरिएको हो।स्थानीय संचार माध्यम मलेसिया टुडेले प्रकासित गरेको समाचारमा सामाजिक संजालमा “प्रसारित भएको रेकर्ड भिडियोलाई अपलोड गरेर धार्मिक हिंशा भड्काउने गतिविधिमा सम्मिलत भई धर्मको अपमान गरेको जनाएको छ,भने उनीहरुले प्रयोग गरेका बिधितीय उपकरण समेत बरामद गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
ति नेपालीहरुले देशद्रोह बारे दिएको अभिब्यक्ती कानुनको बरखिलाप रहेको बताएको जनाएको छ ।मलेसियाको देशद्रोह ऐन, १९४८ को दफा ४ (१) बमोजिम अनुसन्धान भइरहेको बताए । यसका साथै जनमानसमा डर वा डराउने गरी बयान दिएर दफा ५०५ (ख) र सञ्चार तथा मल्टिमिडिया ऐन, १९९८ को दफा २३३, नेटवर्क सुविधा वा नेटवर्क सेवाको दुरुपयोग गरेको अभियोगमा पनि अनुसन्धान भइरहेको छ ।
यसैबीच प्रहरीले बाकी फरार अभियुक्तहरुको खोजी गरिरहेको जलिलले बताएका छन् । “प्रहरीले भिडियो रेकर्डिङमा संलग्न व्यक्तिहरूलाई अनुसन्धानमा सहयोग गर्न अगाडि आउन आग्रह गरेको छ। “घटना बारे थाहा भएका व्यक्तिहरूलाई वर्गीकृत आपराधिक अनुसन्धान इकाई, अभियोजन/कानूनी महाशाखा (D5) JSJ Bukit Aman लाई ०३२२६६६०७१ मा जानकारी दिन पनि आग्रह गरिएको छ,।