काठमाडौँ । युक्रेनमा सैन्य कारवाहीलाई तेज बनाउँदै लगेको रुसले अमेरिकी बेस क्याम्पमा हवाई हमला गरेको छ । सिरियामा अमेरिकाको पक्षबाट लडिरहेका पृथकतावादीहरुको आधार शिविरमा रुसले हवाई हमला गरेको हो ।

रुसको ध्यान युक्रेनमा रहेका बेला अमेरिकाले सिरियामा गतिविधि बढाएको थियो । अमेरिकाले सिरिया सरकारविरुद्ध हमलाको लागि तयारी गरिरहेको बेला रुसी हवाई सेनाले हमला गरेको अन्तर्राष्ट्रिय संचारमध्यमहरुले बताएका छन् ।

सिरियामा दक्षिण पूर्वी क्षेत्र अल तन्फमा खुम्चिएका पृथकतावादीहरु अमेरिकाले तयार गरेका शिविरमा बसिरहेका थिए । उनीहरु सक्रिय भएसँगै रुसले खुला रुपमा चेतावनी दिएको थियो । रुसको चेतावनीपछि सो क्षेत्रबाट पृथकतावादीहरुलाई अमेरिकाले पछि हटाएको थियो ।

रुसले आफू सिरियामा पनि पछि नहटेको सन्देश दिएको छ । युक्रेनबाट पछि हटाउन सुरुदेखि नै अमेरिकाले सिरियामा गतिविधि बढाएको थियो । तर, रुसले सिरिया छोडेको छैन । सिरिया सरकारविरुद्ध हुने जुनसुकै हमलाबाट बचाउने रुसले बताउँदै आएको छ ।

अमेरिकाले सिरियामा बसर अल असदलाई पराजित गर्नै लागेको थियो । राजधानी र मन्त्रालयमै हवाई हमला गरेको थियो । तर, रुस अघि बढेपछि अमेरिकाको पक्षबाट लडिरहेका पृथकतावादीहरु पराजित हुँदै दक्षिण पूर्वी इलाकामा लुकेर बस्न बध्य भएका थिए ।

इजरायल सरकारले पनि अमेरिकाको पक्षबाट सिरियामा हमला गर्दै आएको छ । तरपनि रुसले असदलाई दरो साथ दिएका कारण अहिलेसम्मका प्रयास असफल भएका छन् ।

यसैबीच उत्तर कोरियाले नयाँ क्षेप्यास्त्र प्रहारकोे तयारी थालेको बताइएको छ । दक्षिण कोरियाका अधिकारीलाई उदृद्ध गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले केही दिन यता उत्तर कोरियालेआणविक क्षेत्रमा गतिविधि बढाएको छ । यो परीक्षणको तयारी गरेको हुन सक्ने बताइएको छ ।

रुसले युक्रेनमा सैन्य कारवाही सुरुयता उत्तर कोरियाले पनि दर्जनभन्दा बढी परीक्ष गरिसकेको छ । उत्तरको तयारीलाई विश्वयुद्ध भएमा सहभागी हुने संकेतको रुपमा विश्लेषण गरिएको छ । दक्षिण कोरिया मुन जे इन सत्ताबाट हटेसँगै दुई देशबीचको सम्बन्धन पनि बिग्रिएको छ ।

युक्रेनलाई ईयूको सदस्यता दिने तयारीसँगै विश्वमा नयाँ हलचल ल्याएको छ । अब रुसविरुद्ध ईयू नै लाग्ने भएपछि रुसको पक्षमा पनि कोरिया, सिरिया, इरान पनि खुल्ने अनुमान गरिएको छ ।

त्यही बेला चीनले ताइवानमा हमला गर्न सक्ने बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले एसिया भ्रमणको बेला ताइनवान लिएर दिएको अभिव्यक्ति पछि चीन आक्रोसित भएको छ । चीनले ताइवानको क्षेत्रमा हवाई, स्थल र जल सेना प्रवेश गराइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय