पद लोलुप्ताको शृङ्खलाबद्ध राजनीतिक घटनाहरु मध्य हिजो असार १२ गते आइतबार नेपालको राजनीतिमा अत्यन्त हास्यास्पद र लज्जास्पद घटना देख्न पाइयो! याहा मैले “पद लोलुप्ता” शब्द उल्लेख गर्नुको कारण बिस्तारमा गर्नेछु!

तत्कालिन नेकपा (नेकपा) पार्टी भित्र पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र केपि शर्मा ओलि को पदिय कलह ले अदालत मार्फत बिभाजित भएर पुर्व अवस्था मै फर्केको नेकपा एमाले फुटाउन माधवकुमार नेपालको हात समाएर निर्वाचन आयोगमा घिसारेर लग्दैगर्दा रामकुमारी झाक्री को अनुहारमा कुनैपनी प्रकार को आत्म पीडा वा आँसु को एक थोपा पनि बगेको थिएन!

एमाले बिभाजन मा रामकुमारी झाक्री को योगदान कति थियो र उक्त बिभाजन मा रामकुमारी झार्की को मुस्कुराहट को  सेल्सियस मापन गर्न पक्कै पनि माधव नेपाल को हात समाएर निर्वाचन आयोगमा घिसारेको त्यो सार्वजनिक तस्वीर ले जरुर गरिरहे कै छ र गरिरहने छ!

यतिखेर मन्त्री रामकुमारी झाक्री ले मन्त्री पद छोड्दै गर्दा रुनु भएको दृश्य उपर व्यापक बहस भैरहेको छ! उक्त बहसलाइ लिएर केही सेलिब्रेटीहरुले गलत बहस भैरहेको टिप्पणी पनि दिरहेको देखिन्छ! “रामकुमारी झाक्री को रुवाइ”लाई युवाहरु राजनीतिमा असफल हुँदै गएको कोणबाट बहस हुनुपर्ने भन्ने एउटा तप्का पनि देखियो, तर त्यो तप्का ले , रामकुमारी झाक्री को आँसु तथाकथित अवसरवाद र नव संसोधनवाद भित्रको संसदीय आँसुवाद को असफल क्रियसन भन्ने कुरामा बिचारै गरेन! त्यो तप्कामा एकाएक “युवावाद” को भुतसवार भए  जस्तो नाटकीय प्रवृत्ति पनि प्रकट भयो।

“रामकुमारी झाक्री को आँसुवाद” र उनले गरेको राजनीतिक अपराधको पृष्ठभुमिलाई जोडेर हेर्दा, झरेको आँसु समेत पवित्र सावित हुन सकेन! झाक्री को लागि निकै दुर्भाग्यपुर्ण  राजनीतिक तस्बिर थियो एमाले बिभाजनमा माधव नेपाल को हात समातेर बिभाजन गर्न तानेको दृश्य।

भन्नेहरुले सशक्त महिला अझ सशक्त युवा नेत्री समेत भन्न भ्याए। झाक्री ले निर्वाह गरेको एमाले बिभाजन भुमिका मा  “झाक्री को प्रफुल्लता” र मन्त्री पद छोड्दै गर्दाको त्यो “आँसुवाद” एक-आपसमा परस्पर बिरोधि देखिन्छ भन्ने हेक्का समेत नराखी “आँसुवाद को पत्रकार सम्मेलन दृश्य” ले हामी सबैलाइ हसाइरहेको  एउटा कमेडी कार्यक्रम जस्तो अनुभुती मिल्यो!

म अघि माथिपट्टी पदलोलुप्ता को कुरा उल्लेख गर्दैथिएँ:- एमाले बिभाजन भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) को तर्फबाट मन्त्री पद नियुक्ति को पहिलो पदभार ग्रहण कार्यक्रम मा झाक्री को निकै “मैमत्त प्रफुल्लता” थियो, सार्वजनिक भएका ती तस्बिरहरु झट्ट नियाल्दा “वैंसालु” अथवा “चटपटे केटि” जस्तो एटिट्युड र मन्त्री पदबाट हट्नु पर्दा संसार हारेजस्तै, सर्वस्व गुमे जस्तै, अत्यन्त गम्भीर वियोगमा परेजस्तै तथाकथित एटिट्युड ;  यो दुइखाले एटिट्युड ले दिने सङ्केत वा आधार त जम्मा त्यही पद बाहेक अरु के होला? वा पद गुमेको पिडावोध ? अथवा एमाले बिभाजन मा निर्वाह गरेको रोल प्रतिको पश्चताप ? झाक्री को आँसुवाद” ले जन्माउने यहि दुइटा प्रश्न मात्रै हो जस्तो लाग्छ।

ठिकै छ मानिदिँउ एकैछिन:- एमाले भित्र बिद्रोह गरिन, संसद विघटन गलत भनिन् , माधव नेपाल ले जसो-जसो भन्नुभयो उसै उसै बोलिन र गरिन, एमाले बिभाजन भयो, नयाँ पार्टी बन्यो र नयाँ पार्टी ले सरकारमा “सहरी बिकास मन्त्री” को रुपमा पठायो ।

तर संसदीय प्रणाली भित्र पार्टी सिस्टम मा हुने नियमित प्रक्रिया भित्र मन्त्री पदबाट पार्टी ले फिर्ता बोलाउदा रुनु पर्ने कारण वा रुँदै “आँसुवाद” को नाटकिय दृश्य मंचन देखेर साच्चै  हामी हास्न बाध्य भएको चैँ सत्य हो।

फेरि हामिहरु पनि झाक्री सङ्ग सङ्गै रुनु पर्ने कारण पनि त थिएन। मैले एसो झाक्री को कार्यकाल केलाएर अनुसन्धान गरेँ कतै हामिपनी रुनै पर्ने पो होकि भनेर। पक्कै एउटा भएपनी आफ्नो कार्यकाल मा राम्रो कार्य गरिन् कि ? राम्रो गर्दा गर्दै पद खुस्क्या पो होकि? कुरै नबुझी हास्दा बिरोध को लागि बिरोध गरेजस्तो पो हुने होकि? भनेर खुब खोजकारिता गरेँ, अह । हामी पनि सङ्गै रुनु पर्ने केही कारण भने भेट्न सकिन मैले।

-हामी आफैं चै हास्नु पर्ने कारणहरु पो छताछुल्ल भेटियो

१.”पार्टी द्रोह” लाई “बिद्रोह” को जलपमा बिभाजन गर्ने भुमिका,

२.सेतो सारी सम्बन्धि विधवा को चरीत्र प्रती अत्यन्त आपत्तिजनक अभिव्यक्ति,

३. मन्त्री पद पाँउदाको “मैमत्त” स्वभाव,

४.मन्त्री पदको निश्चित कार्यकाल भरी सहरी बिकास अन्तर्गत शून्य प्रगति,

५. MCC मा खुलेर सरकारको पक्षपोषण गर्दै आफू स्वयंम MCC को पक्षधर रहेर बोलेका बाणिहरु,

६. “बोल्न पाइन्छ” भन्दै फिल्मी स्टाइलमा झ्याकेट फाल्ने तर चरम मूल्य वृद्धि विरुद्ध “बोल्न पाइदैन” नीति अङ्गिकार,

७.मन्त्री नबन्दा सम्मको राजनीतिमा पिर्के सलामी को घोर बिरोध तर मन्त्री बनेपछि चट्ट परेको पिर्कामाथी चढेर त्यही “पिर्के सलामी कुइन” बनेको कृत्य,

आदि इत्यादि कति हो कति उल्लेख गर्नै झ्याउ लाग्ने खालका कारणहरु। उल्लेखित कारणहरुको बिचमा झरेको आँसु कुन आँसु हो? पद खुस्किदा को पदियलोलुप्ता को आँसु ? वा एमाले बिभाजन गरेको प्रती पश्चताप? दुइटा मध्य एउटा आँसु चै पक्कै झरेको हो? त्यसैले पनि वाहा रुँदा बाँकी दुनिया वाहा उपर हास्न बाध्य बन्यो।

युवा चै पक्कै हो रामकुमारी झाक्री। युवाहरुको बोलवाला सरकार हुनुपर्ने मान्यता भित्र युवा मन्त्री हुनुमा अत्यन्त खुसिको विषय जरुर हो। अफसोस शरीर मात्रै युवा भएर नहुदो रहेछ, नत्र रुनु पर्यो चै किन ? शहरलाई उधुम शहर बनाएको पनि हैन,!मन्त्री हुनैपर्ने उधुम योग्य र क्षमतावान पात्र पनि होइन, कार्यकालमा उधुम परिवर्तनशिल कार्य गरेको पनि होइन, जनताले उधुम माया गरेको पनि होइन, मन्त्री प्रेम आले र किसान श्रेष्ठको तुलनामा मन्त्री झाक्री धेरै सफल पनि होइन हेर्नुस त , यतिकाविधी अकणम बकणम हुदाहुदै “आँसुवाद” को टिजर सार्वजनिक गरेपछि नहासेर हामिपनी रोइदिनु पर्ने हो?

हत्तेरिका: जति घुमाइ फिराइ गरेर सपनाका कुराहरु मा लट्ठ पार्न खोजेपनी अन्तिम्मा झाक्री “आँसुवाद” को अर्थ जम्मा दुइटा नै हो, एउटा आँखा बाट बगेको आँसु पद खुस्किदाको वियोग, अर्को एमाले बिभाजन मा माधव नेपाल को हात समाएको प्रती पश्चताप। यत्ती त हो। अनि हामी हास्नै पर्थ्यो त्यसैले हास्यौं!

राजु ढुंगाना (प्रनिल)
लेखक तथा राजनीतिक विश्लेषक 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय