काठमाडौं । श्रीलंकामा आर्थिक संकटलाई लिएर सरकारविरुद्ध प्रदर्शन जारी छ। प्रदर्शनकारीले कार्यवाहक प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी घरमा आगजनी गरेका छन् । सुरक्षा बलको जवाफी कारबाहीमा ६ पत्रकारसहित ६४ जना घाइते भएको बताइएको छ ।

यसअघि शनिबार दिउँसो आन्दोलनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा कब्जा जमाएका थिए । राजापाक्षे राष्ट्रपति निवासबाट भवनबाट भागेका छन् । उनीहरु कहाँ छन् कसैलाई थाहा छैन । उनी श्रीलंकामा छन् वा छैनन् भन्ने पनि खुलाइएको छैन । उनले गत जुलाई १३ मा राजीनामा दिनेछन् ।

राष्ट्रपति भवन जनताले कब्जा गरेपछि प्रधानमन्त्री विक्रमासिङ्घेले पदबाट राजीनामा दिएका थिए । उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका थिए । राजीनामा दिनुअघि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका थिए, जसमा सभामुख महिन्दा याप्पा अभयवर्धनेलाई अन्तरिम राष्ट्रपति बनाउने प्रस्ताव राखेका थिए । श्रीलंकाको संविधानअनुसार राष्ट्रपतिले राजीनामा दिएमा सभामुख एक महिनाका लागि अन्तरिम राष्ट्रपति बन्न सक्नेछन् ।

श्रीलंकामा लामो समयदेखि राष्ट्रपति गोटाबाया राजापाक्षेविरुद्ध ‘गोटा गो गामा’ र ‘गोटा गो होम’ आन्दोलन चलिरहेको छ । गामा भनेको सिंहली भाषामा गाउँ हो। एक ठाउँमा जम्मा भएका आन्दोलनकारीले पाल टाँगेर सवारी साधनको हर्न बजाएर राष्ट्रपति र सरकारविरुद्ध गोटा गो(गामाको नारा लगाएका थिए ।

उनीहरुको उद्देश्य राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सत्ताबाट हट्न बाध्य पार्ने थियो। यसैबीच अध्यक्ष गोटबायाको तर्फबाट पार्टीको निर्णयलाई सम्मान गर्ने बताइएको छ । गोटबायाविरुद्ध यति धेरै आक्रोश छ कि पेट्रोलको पैसा नहुँदा मानिसहरु पैदल हिँडेर आन्दोलनमा सहभागी हुन आएका छन् ।

सर्वदलीय सरकार गठनको प्रयास

श्रीलंकामा प्रधानमन्त्री र राष्ट्रपति भागेसँगै अवस्था नियन्त्रणमा छैन् । जनता सडकमै छन् । यसैबीच, श्रीलंकाका प्रमुख विपक्षी दलहरूले सर्वदलीय सरकारको गठनको पहल गरेका छन् । प्रमुख विपक्षी समगी जन बलवेगयाको बैठकमा सबैजसो विपक्षी दलका नेताहरु सहभागि भएका छन् ।

विपक्षी दलहरुले तत्कालको लागि सहमतिमै सरकार गठनको घोषणा गर्न लागेका छन् । सम्भवतः आज/भोलीमै गठन गर्ने तयारी उनीहरुको छ । सडकमा रहनेहरुको व्यवस्थापन गर्ने विषय चुनौतिपूर्णं भएको बताइएको छ ।

खाना पकाउने ग्यासको हाहाकार

रासायनिक मलमा प्रतिबन्ध लगाएपछि मुलुकमा खाद्य संकट उत्पन्न भएको छ । ग्यासको अभावका कारण मानिसहरु दाउराको चुलो बालिरहेका छन् । श्रीलंकाका मध्यमवर्गीय परिवारहरूले पनि आफ्नो खानाको उपभोग घटाएका छन्, किनकि उनीहरू यति महँगो खाद्यवस्तु लिन हिचकिचाउँछन्।

मेमा ३९.१ प्रतिशत रहेको मुद्रास्फीति जुनमा बढेर ५४.६ प्रतिशत पुगेको छ । खाद्य मुद्रास्फीतिलाई मात्रै हेर्दा मे महिनामा ५७.४ प्रतिशतबाट बढेर जुनमा ८०.१ प्रतिशत पुगेको छ ।

सेनाले पेट्रोल पम्पको अनुगमन गरिरहेको छ

श्रीलंकामा प्रहरी, सेना र वायुसेनासँग आम जनताको दैनिक झडप भइरहेको छ, किनभने उनीहरूले यहाँ पेट्रोल पम्पको निगरानी गरिरहेका छन् । विद्यालय, कलेज, अस्पताल बन्द छन् । त्यसैले युवाहरू आफ्नो परिवार घरमै असहाय देख्न बाध्य छन्। एजेन्सीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय