१५ अगस्ट २०२२/ क्वालालम्पुर
नेपाल आदिवासीजनजाति महासंघ मलेसियाको ५ ओैं महाधिवेशन आउदो अगस्ट २१ आईतवार हुने भएको छ।
२८ ओै विश्व आदिवासी दिवस मनाउदै सोही अवसरमा ५ ओैं महाधिवेशन पनि गर्ने भएको हो। फाईभ एलिमेन्ट होटल क्वालालम्पुरमा बिहान ११ बजे बाट सुरु हुने कार्यक्रममा विभिन्न जातिय झाँकी संगै जातिय मौलिक परिकार समेत रहने कार्यक्रम आयोजक समितिले जनाएको छ।
महासंघले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्व हरु, कलाकार ,पत्रकार ,खेलाडी साथै समाजसेवी हरुलाई सम्मान गर्ने भएको छ।
जातिय संस्थाको छाता संगठन महासंघले मलेसियामा रहेर श्रम गरिरहेका पिडित श्रमिकको उद्वार तथा सचेतता मूलक कार्यक्रमहरु गर्दै आएको छ।
कार्यक्रमका मूख्य प्रायोजकमा एभरेष्ट कीचन रेष्टुरेन्ट र काठमान्डौ रेष्टुरेन्ट रहेका छन् भने सह प्रायोजकमा चितवन ट्रेडिङ, मितेरि रेष्टुरेन्ट, मण्डला रेष्टुरेन्ट ,लाङघालि, चुल्हो, द गोर्खाज रेष्टुरेन्ट, लालि गुराँस रेष्टुरेन्ट र सेवारो फेसन रहेको छ। कार्यक्रम सफल बनाउन विभिन्न संघसंस्था बाट सहयोग भईरहेको समितिले बताएको छ।