मलेसिया । वेदेशिक रोजगारीको शिलशिलामा मलेसियामा रहेका मतेला -६ सुर्खेतका कमल नेपालीको मलेसियामा निधन भएको छ ।नेपालीको उपचारको क्रममा अगस्ट ८ तारिख राति मृ’त्यु भएको हो ।

नेपालीको दुबै मृगौला फेल भएको थियो । नेपाली बिगत ५ बर्ष देखि मलेसियामा अवै’धानिक रुपमा ग्यालेक्सी फो’र्स से’क्युरिटी कम्पनीमा काम गर्दै आएका थिए ।

कम्पनीले प्रारम्भिक उपचार गराई जुलाई २९ तारीख नेपाल पठाउने प्रक्रियाको लागि नेपाली दुतावास मलेसियामा ल्याएको र अगष्ट २ तारिख अध्यागमन विभाग पुत्राजायामा स्पेसल पासको प्रक्रिया अघि बढेको थियो ।

यद्यपि अध्यागमनबाट पास आउन ढिलो भएसंगै उनलाई ९ अगष्टको हवाई टिकेट लिएर नेपाल फर्काउने तयारी रहेको बेला उनको अगावै निध,न भएको नेपाली राजदुतावास मलेसियाका जनसम्पर्क सहायक अधिकृत जयप्रकाश गिरीले जानकारी दिए ।

नेपालीको उडान ढिला हुने भएपछि खान र बस्नको लागि पीएनसीसी तथा एनआरएनए मलेसियाले सहयोग गरेको थियो । नेपालीको स्वास्थमा पुर्ण समस्या देखिएपछि मृगौला

डाइ’लोसिस गर्नु पर्ने भएकोले आवर जर्नी मलेसियाको आर्थिक सहयोगमा सिंघदावी सुवाङजया हस्पिटलमा अगष्ट ८ तारीख बिहान भर्ना गराएको थियो ।

अस्पतालमा उनको डाइ’लोसिस सम्पन्न भएपनि उनको उपचारको क्रममा मृ’त्यु भएको हस्पिटलको श्रोतले जानकारी दिइएको पिए’नसीसी मलेसियाका संयोजक मछिन्द्रनाथ चापागाईले बताए ।

नेपालीको जरि’वाना ३ हजार रींगेट साथै अध्यागम शु,ल्क १ सय रींगेट घरपरिवारले नेपालबाट नेै पठाएको थियो । टिकेट पिएनसीसीबाट सहयोग भएको थियो । सबै प्रक्रिया पूरा गरेर पनि उनलाई नेपाल सकुसल फर्काउन नसक्दा दुख लागेको संयोजक चापागाईंले बताए ।

नाता प्रमाणीकरणको कागजात नेपालबाट प्राप्त भएपछि उनको श’ब नेपाल पठाउने दुतावासका सहायक जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए । हिमाल टाइम्स बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय