नवराज हुमागाँइ/ काठमाडौ
गत शुक्रबार शंकदर पार्टी प्यालेसमा स्कुलकाृ बार्षिक उत्सव र अन्य सांस्क्रितिक कार्यक्रम गरि सम्पन्न भएको छ । ठिमि नगरपालिकाका आदरणिय मेयर बाशुदेश थापा ज्यूको प्रमुख अतिथित्वका कार्यक्रम उद्घाटन भएको थियो । उक्त कार्यक्रममा सभापतित्वको भूमिका सोहि विद्यालयका प्रधान्याध्यापक ईश्वर पाठकले निभाउनु भयो भने विशिष्ट अतिथिमा जुना बस्नेत(उप मेयर सू.न.पा), लक्ष्मी थापा (पूर्व प्रधानाध्यापक तथा व्यवस्थापन समिति अध्यक्ष ), सागर लम्साल बले (मोडल तथा कलाकार) र प्रोफेसर पुष्पलाल पोखरेल रहनु भएको थियो । कार्यक्रमको उदघाटन सभापति एवम स्कुलका प्रधानध्यापक ईश्वर पाठकले पानसमा बत्ति बालेर गर्नु भएको थियो ।
अन्य अतिथिहरु विजेश थापा, यम प्रसाद तिवारी (वन तथा वातापरण मन्त्रालयका पूर्व प्राविधिक सल्लाहकार), पेसल महत(ABCD तथा Universal Institute का प्रबन्धक), रियान खड्का, सुरेश नापित तथा बिनिता थापा लगाएत अन्य शिक्षक शिक्षिकाको उपस्थिति ्हेको थियो । उक्त कार्यक्रममा विद्यार्थी लगाएत अभिभावक,पूर्व शिक्षक शिक्षिका हरुको बाक्लो उपस्थीति रहेको थियो ।
औपचारिक कार्यक्रम को समापन भने प्रधानाध्यापक इश्वर पोखरेलद्धारा समापन मन्तव्य दिइ समापन भयो । औपचारिक कार्यक्रम पस्चात विद्यार्थीहरुले सास्कृतिक नाँच, गान, नाटक लगाएत विभिन्न प्रस्तुति दिएर मनोरन्जन गरि कार्यक्रमलाई भव्य र सव्य तबरले सम्पन्न भएको छ ।