नवराज हुमागाँइ/भक्तपुर
समाजसेवि एवम आशिष डांगीको पहलमा भक्तपुर नयाँ ठिमि स्थीत वयलफेयर एकेडेमिमा योगा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । हेम माया फाउन्डेशन, जाग्यो नेपाल, योगा मन्दिर र जिरी एक्सन टिम को सामुहिक आयोजना मा उत्त कार्यक्रम सम्पन्न भएको थियो ।
सोहि कार्यक्रममा विद्यालयकि प्रधानाध्यापक अनिता कायस्थ द्धारा स्वागत मन्तव्य प्रस्तुत गरि कार्यक्रमको औपचारिक उद्घाटन भएको थियो ।
हेम माया फाउन्डेशनका कविन्द्र थापा, सामाजिक अभियन्ता अमृत कार्कि, जाग्यो नेपालका सामाजिक अभियन्ता विजय कंडेल, योगा मन्दिरका हेमन्त तण्डुकार, १०० ग्रुपका कोडिनेटर आशिष डांगी र भिजन न्यूजका चक्र प्रसाद पोखरेल लगाएत व्यक्तित्वहरुको अपस्थिति रहेको थियो ।
थोरै समय औपचारिक कार्यक्रम तथा सम्मान पश्चात योगाको कार्यक्रमलाई अगाडि बढाइएको थियो । सम्पूर्ण उपस्थित व्यक्तित्वहरुलाई सम्मान स्वरुप रुद्राक्ष र प्रमाण पत्र दिइएको थियो । साथै सामाजिक कार्यका अग्रसर रहेका जग्दिस धामी लाई पनि सम्मान गरिएको थियो ।