काठमाडौं- नेकपा माओवादी केन्द्रले चुनाव केन्द्रित प्रचार सामाग्री ल्याउने क्रममा र्याप शैलीको गीतलाई पनि समावेश गरेको छ । माओवादी केन्द्रले चुनाव प्रचारका लागि ‘भोट फर माओवादी, भोट फर प्रचण्ड’ बोलको र्याप गीत ल्याउन लागेको हो । भिडियोसहित सार्वजनिक गर्ने तयारी गरेको माओवादीको प्रचार सामाग्री उत्पादन टिमले औपचारिक रुपमा सार्वजनिक नगरेको र्याप गीत समाचार दैनिकले सार्वजनिक गरेको हो ।
कुनै बेला पप तथा र्याप शैलीका गीतलाई विकृतिको संज्ञा दिने माओवादीले यस पटकको चुनावमा र्याप गीतकै माध्यमबाट पार्टीका पक्षमा माहोल बनाउन गीत ल्याउन लागेको हो । माओवादीले सशस्त्र युद्धको समयमा पनि सबैभन्दा बढी गीतसंगीतको माध्यमले जनतालाई जनचेतना जगाउने गरेको थियो ।
यस्तो छ चुनावी र्याप गीतः त्यसैले त्यसैले त्यसैले त्यसैले त्यसैले भोट फर प्रचण्ड भोट फोर माओवादी गोलाकार भित्रको हंसिया अताैडामा मन मनमा माओवादी मन मनमा प्रचण्ड । भोट फर गोलाकार भित्रको हसिया हथौडामा राजतन्त्र फाले अनि गणतन्त्र ल्याए महिला अधिकार दलित अधिकार, थारु मुस्लिम जनजाति अधिकार सबको अधिकार सबैको अधिकार सुनिश्चित भयो सबको अधिकार त्यसैले त्यसैले त्यसैले त्यसैले त्यसैले भोट फर प्रचण्ड भोट फोर माओवादी गोलाकार भित्रको हंसिया अताैडामा महिला पनि समेटिए सबै पदमा कयौ आवाज उठाए सबको हितमा हकमा तानाशाहि शासन थियो विगत विगतमा परिवर्तन सोच छ माओवादी रगतमा समानुपातिक समावेशी आरक्ष राज्यमा बाँधिने अधिकार मन मनमा माओवादी मन मनमा प्रचण्ड देशको गौरब बढाउन उनको सधैं देन विकासका पूर्वाधारमा उनको सधैं देन गरिब दुःखीहरुका लागि ल्याए नयाँ ऐन लोडसेडिङ हटाउन प्रचण्डकै देन गौरवका आयोजना निर्माण अनि विस्तार विकासका योजनामा …………. त्यसैले त्यसैले त्यसैले त्यसैले त्यसैले भोट फर प्रचण्ड भोट फोर माओवादी गोलाकार भित्रको हंसिया अताैडामा गीत करिब ३ मिनेट ३० सकेण्डको छ । गीतमा र्याप गायक जगत तिरुवाले स्वर दिएका छन् ।
संगीत पनि तिरुवाको छ । केशब बडुले एरेन्ज गरेको गीतमा संजिव बराईलीले गितार बजाएका छन् भने अमित जोशीले मिक्सिङ गरेका हुन् । यो र्याप गीत स्टुडियो २१ मा रेकर्ड गरिएको हो ।